करेन्ट लागेर एकजनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बकैया गाउँपालिका-५, सिरिपुरमा करेन्ट लागेर ५२ वर्षीय बीरबहादुर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?