एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।

आसन्न एसिया कप क्रिकेटका लागि १७ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो ।

टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दिप लामिछाने, करन केसी, ललित राजबंशी, भीम सार्की , कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिस जिसी, किशोर महतो, सन्दिप जोरा, अर्जुन साउद र श्याम ढकाललाई समावेश गरिएको छ ।

पाकिस्तान र श्रीलंकामा आयोजना हुने प्रतियोगिताको पहिलो चरणमा नेपालले पाकिस्तान र भारतसँग खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?