रिद्धिसिद्धिको छात्रवृत्ति कार्यक्रम सम्पन्न

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । रिद्धिसिद्धि सिमेन्टले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी आयोजना गरेको ‘मकवानपुर स्मार्ट स्टुडेण्ट अफ द इएर २०८०’ छात्रवृत्ति कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीका अनुसार छात्रवृत्ति कार्यक्रममा कुल एक सय नौ विद्यार्थी सहभागी भएका थिए ।

रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धिसिद्धि सिमेन्टले लिखित परीक्षा तथा दौड प्रतियोगिता पिप्ले रंगशालामा आयोजना गरेको थियो । कार्यक्रममा मकवानपुर जिल्लाबाट एसइईमा चार जिपिए ल्याउने डौफिन राइका मगरलाई सम्मान स्वरूप नगद १० हजार एक रुपैयाँ प्रदान गरिएको थियो ।

छात्रवृत्ति कार्यक्रमअन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक रूपमा पाँच हजार, दोस्रोलाई ३५ सय, तेस्रोलाई २५ सयका साथै सान्त्वना स्वरूप थप आठ विद्यार्थीलाई मासिक १ सय रुपैयाँ एक वर्षसम्म उपलब्ध गराउनेछ । एसइईमा उपलब्ध अंक, दौड प्रतियोगिता साथै आइक्यु परीक्षामा सोधिएका सम्पूर्ण अंकहरू जोडेर उत्कृष्ट ११ स्मार्ट विद्यार्थीहरू चुनिने पनि कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?