आज तमु ल्होसारः देशभर विविध कार्यक्रम गरी मनाइँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आज तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होसार मनाइँदै छ । बौद्ध धर्मअन्तर्गत महायान् सम्प्रदायको सांस्कृतिक पर्व तमु ल्होसार आज काठमाडौं उपत्यकालगायत गुरुङ बसोबास भएका देशका विभिन्न भागमा मनाइँदै छ । तमु ल्होसार पर्वलाई गुरुङ समुदायमा नयाँ वर्षका रूपमा लिइन्छ ।

नयाँ वर्षका रूपमा ल्होसार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातिले मनाउने गर्छन् । गुरुङ जातिले आज पुस १५ गते तमु ल्होसारका रूपमा, तामाङ लगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारका रूपमा तथा शेर्पा र भोटेलगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होसार मनाउने संस्कार रही आएको छ ।

‘ल्हो’ भन्नाले वर्ष तथा ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गर्ने गरिन्छ । प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र ती वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, कुकुर र बँदेलका प्रतीकका रूपमा लिइन्छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?