काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापितले पार्टीको जिम्मेवारीबाट बिदा लिनुभएको छ ।
सोमबार बसेको सचिवालय बैठकले उहाँलाई केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको हो । उहाँ २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार दिनुभएको थियो ।
२०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित हुनुभएका उहाँ पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पुनः मेयरमै मनोनीत हुनुभएको थियो। स्थापितसहित सिरहाका प्रमोद यादवलाई पनि एमाले केन्द्रीय सदस्यबाट हटाइएको छ ।
उहाँहरूको स्थानमा एमाले सचिवालयको बैठकले संगठन विभागको सचिवमा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुंगेल र अर्थ तथा योजना विभागको सचिवमा क्रान्ति बुर्लाकोटी मनोनीत गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच