स्वामी चन्द्रेश ८० वर्षको उमेरमा ब्रहृमलीन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आध्यात्मिक गुरु स्वामी चन्द्रेशको निधन भएको छ । बूढानीलकण्ठ आश्रम तथा आश्रम स्कुलका संस्थापक स्वामी चन्द्रेश सोमबार साँझ ८ बजे ब्रहृमलीन हुनुभएको हो । लामो समयदेखि मृगौलासम्बन्धी रोगबाट पीडित स्वामी चन्द्रेशले नियमित डायलासिस गराउँदै आउनुभएको थियो । सोमबार राति बूढानीलकण्ठस्थित आश्रमबाट हृयाम्स अस्पतालमा डायलासिसका लागि जानुभएका उहाँको अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

पूर्वी बंगालमा जन्मिनुभएका श्री अरबिन्द घोष नेपाल आएपछि स्वामी चन्द्रेशका नामबाट परिचित हुनुहुन्थ्यो । २०२५ सालमा नेपाल प्रवेश गरेपछि उहाँ तीन वर्ष नेपाल भ्रमणपश्चात विसं २०२८ सालदेखि २२ वर्षसम्म शिवपुरीमा अनवरत तपस्यामा लीन हुनुभयो ।

अध्यात्म, शिक्षा, संस्कृति तथा सामाजिक रूपान्तरणमा सक्रिय स्वामी चन्द्रेशका ‘ओसन इन द ड्रप’, ‘इनर लाइट’, ‘रिलिज’, ‘अध्यात्मप्रसाद’, ‘शंखघोष’, ‘पतञ्जलि योगसूत्र’, ‘शिक्षा र समाज’लगायत अंग्रेजी, नेपाली तथा बंगाली भाषामा लेखिएका दर्जनौं पुस्तक प्रकाशित छन् । उहाँको विज्ञान र अंग्रेजीमा विशेष दखल थियो ।

बहुआमायिक व्यक्तित्वका धनी स्वामी चन्द्रेश योगी हुनुको साथसाथै कवि, संगीतकार तथा कुशल चित्रकार पनि हुनुहुन्थ्यो । उहाँद्वारा रचित ब्राहृमी स्वरलिपि तथा मूर्ति एवं अमूर्त चित्रहरू बूढानीलकण्ठस्थित आर्ट ग्यालरीमा सर्वसाधारणको लागि संरक्षित छन् ।

नेपालको अन्तर्राष्ट्रिय परिचय परिचय हिन्दु राष्ट्र हुनुपर्छ भन्ने उहाँको दृढ मान्यता थियो । त्रिनीति शिक्षाका प्रवर्तक स्वामी चन्द्रेश आध्यात्मिक, सीपमूलक र सूचनामूलक शिक्षाको सम्मिश्रणले मात्र मानिसलाई शिक्षित बनाउँछ र आजको आवश्यकता पनि त्यही नै हो भन्ने मान्यता राख्नुहुन्थ्यो । स्वामी चन्द्रेशको समाधि मंगलबार आश्रममा गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?