फाकफोकथुम बासीको पिढा: पक्की पुल, कालोपत्रे सडक र राष्ट्रिय प्रशारणको बिद्युतबाट बञ्चित

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 7 mins

इलाम । इलामको सदरमुकाम इलाम बजारबाट पश्रिमी क्षेत्रको ६० किलोमिटर यात्रामा पुगिन्छ फाकफोकथुम गाउँपालिकाको केन्द्र । यहाँ सडक, बिजुली, विद्यालय र अस्पतालजस्ता आधारभूत पूर्वाधारको पर्खाइमा नागरिक कुरीरहेका छन् । बनेका केही पूर्वाधारपनि पर्याप्त छैन  । राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने ‘हेभिवेट’ नेताले प्रतिनिधित्व गरिरहेको यो क्षेत्रले विकासको मुख भने अझै देख्न पाएको छैन  ।

२०५६ साल यताका हरेक निवार्चनमा एमालेका नेता सुबासचन्द्र नेम्बाङले सडक, बिजुली, उच्च शिक्षासहितको विद्यालय र अस्पताल बनाउने एजेन्डा बुन्दै आउनुभएको छ  । यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य चुनिएर एमाले नेता नेम्बाङ सभामुखसम्म बन्नुभयो । हरेक निर्वाचनमा जिताएर प्रतिनिधिसभा र प्रदेशसभामा पठाए पनि कुनै नेता आफूहरूको आवाज बन्न नसकेको सर्वसाधारण गुनासो गर्छन । ‘अहिलेसम्म न यहाँसम्म पक्की सडक आइपुग्यो, न त केन्द्रिय प्रशारणको बिजुली नै बल्यो । गाउँमै उच्च शिक्षा पढ्न पाइने, उपचार गर्न झापा झर्न नपर्ने अवस्था त सपना नै भइगयो,’ नेता बल्ल तल्ल गाँउ आईपुग्छन् आए पनि चुनावको बेला प्रशस्त आश्वासन दिएर जान्छन ।

जितेपछि केही गर्दैनन । ज्यानमारा भूगोल छिचोल्दै फड्के, होमपाइप बिच्याएर खोला तर्नुपर्ने र झोलुङ्गे पुलको जोखिमपूर्ण यात्रा फाकफोकथुम बासीको बाध्यता रहेको छ । सुकिलामुकिला भएका नेतालाई धूलोमैलोमा रहेका जनताको चिन्ता नै नभएको फाकोथुम गाँउपालिका वडा नं ७ का स्थानिय पन्च योङहाङको भनाई छ । ‘नेताहरूलाई त भोटको मात्रै चिन्ता छ । हिउदमामा त जसोतसो गाँउ र सदरमुकाम गर्न सहज छ तर बर्खामा समुन्द्रको टाकुरा जस्तो बन्ने गरेको योङहाङको दुखेसो छ ।

अझै छैन राष्ट्रिय बिद्युत, खोलामा पक्की पुल र कालेपत्रे सडक

इलामको संघिय निर्वाचा क्षेत्र नं दुईमा पर्ने फाकफोकथुम गाउँपालिका क्षेत्रमा आधा दर्जन भन्दा बढि खोला रहेका छन् । तर कुनै पनि खोलामा पक्की पुल भने बनेको छैन । गाउँपालिकाले खोला तर्न केही सहज हुन्छ कि भनेर खोलामा ह्युमपाईप लगाए पनि वर्खाको बाढीले बगाएपछि पहिलेकै अवस्थामा पुग्ने गरेको छ ।

फाकफोकथुम गाउँपालिका पुग्न मुख्य सडक भनेको इलाम र पाँचथरको सिमानामा रहेको राँके रवी सडक हो जो हिउदमा सहज भएपनि बर्खामा हिलाम्मे भएर पैदल हिन्न नसक्ने अवस्था बन्ने गरेको छ । जुन सडक केपी ओली प्रधानमन्त्री हुँदा शिलान्यास गर्दे अव तत्काल निर्माण हुने बताउनुभएको थियो । तर अहिले सम्म जस्ताको त्यस्तै छ । सडकको त कुरा टाढै राखौ राष्ट्रिय प्रशारणको विजुली समेत देख्न पाएका छैनन् यहाँका धेरै नागरिकले ।

पालिकाको केही स्थानमा बिद्युत बिस्तार भएपनि सबै स्थानमा पुग्न सकेको छैन । यति मात्र होइन खोलामा पक्की पुल समेत छैन । कालोपत्रे सडकको त कल्पना नै नगरौ त्यो त हुन्छ भन्ने अहिलेको अवस्थामा सोच्ने अवस्थै छैन । यही ठाउँका नेता देशको प्रमुख पदमा पुगेका छन्, तर पनि जनताको समस्या कहिल्यै समाधान हुन सकेको छैन । फाकफोकथुम गाउँपालिका अधिल्लो कार्यकालको पाँच वर्ष सम्म चर्चै चर्चामा बित्यो । फाकफोकथुमको विकास नहुदा यो ठाउँ विकासका हिसाबमा बर्षौ पर्छि धकेलिएको छ ।

पहिलो स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले खासै विकास गर्न नसकेको आरोप लाग्ने गरेको छ । यस ठाउमा दोस्रो स्थानीय निर्वाचनबाट निर्वाचित भएका प्रतिनिधिलाई समेत चुनौतीे छ । गाउँपालिको विकासको बाधक सडक बनेको छ । जुन पालिकाको काबुभन्दा बाहिरका सडक परेको कारण पालिकाको विकासमा सडक बाधक बन्न पुगेको हो ।

फाकफोकथुम गाउँपालिका यस्तो पालिका हो जुन कालो पत्रे सडक सञ्जालमा पुग्न अन्य पालिका भएर मात्र जोडिन सक्छ । अहिले सम्म कालोपत्रे सडकको त कुरै छाडौँ १२ महिनै यातायात सञ्चालन हुने सडक थियो भने पनि धेरै समस्या कम हुने छ भनेर अहिलेका जनप्रतिनिधि कम्मर कसेर सडक निमार्णमा जुटेका छन् । कृषि उत्पादन मुख्य आम्दानीको स्रोत भएको फाकफोकथुम हिउँदको समयमा अन्य ठाउँमा कृषि जन्य उत्पादन पुर्‍याए पनि वर्खाको समयमा बोटमै कुहिएर जानु बाहेकको विकल्प छैन ।

विद्युत् सबै ठाउँमा पुग्न नसक्दा उद्योग सञ्चालन गर्न नै कठिने छ । बाहिरबाट हेर्दा उज्याले देखिए पनि त्यहाँको अवस्था अर्कै छ । त्यस्कै मुहार फेर्न काम अहिले भईरहेको पालिका अध्यक्ष दिपेन्द्र खनाल बताउनुहुन्छ । विकट भएकै कारण गाउँपालिकामा धेरै चुनौति रहेको भएपनि आफ्नो कार्यकाल भरिमा पालिकालाई परिबर्तन गरेर छाड्ने अठोटका साथ काम भईरहेको खनालको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?