बंगुरपालनबाट वार्षिक दश लाख सम्म आम्दानी गर्दै महिलाहरु

हिमालय टाइम्स
Read Time = 2 mins

-जितेन्द्र भण्डारी

पाँचथर । पाँचथर मिक्लाजुङ वडा न. २ सप्तमीका महिलाहरु अहिले ब्यवसायिक बंगुरपालन बाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।

यस क्षेत्रका महिलाहरुमध्ये कतिपयले ब्यवसाय दर्ता गरेर त कतिपयले नगरी पनि ब्यवसायिक बंगुर पालन गरेर राम्रो आम्दानीको स्रोत बनाएका छन् । मिक्लाजुङ २ सप्तमी बजारकी कुमारी मगरले अहिले हिवारी बंगुरपालन पशुफर्म दर्ता गरी मनग्ये आम्दानी गरिरहनुभएको छ ।

बंगुरको सवै आहारा तथा अन्य विविध खर्च कटाएर पनि उहाँले वार्षिक दश लाख रुपैया सम्मको आम्दानी गरिरहनुभएको छ । हामी जस्ता उद्यमी ब्यवसायी महिलाहरुलाई राज्यले पनि बंगुरपालनका लागि आवश्यक तालिम, प्राविधिक सहयोग, अनुदान मार्फत सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँको फर्ममा अहिले सानो ठूला गरी झण्डै ४ दर्जनको हाराहारीमा बंगुरहरु रहेका छन् । उहाँ मात्रै होइन् सप्तमी बजारका अन्य महिलाहरु पनि कतिपयले दर्ता गरेर कतिपयले दर्ता नगरीनै बंगुरफर्म संचालन गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?