मेस्सीको गोलसँगै मायमी फाइनलमा

Read Time = 2 mins

मायमी । अमेरिकी क्लब इन्टर मायमी लिग्स कप २०२३ को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राती भएको सेमिफाइनलमा फिलाडेल्फिया युनियनलाई चार-एकले पराजित गर्दै मायमी फाइनलमा पुगेको हो । यससँगै मायमीले अन्तरमहादेशीय प्रतियोगिता कन्काकाफ च्याम्पियन्स कपमा पनि स्थान बनाएको छ । मायमीको जितमा जोसेफ मार्टिनेज, कप्तान लियोनल मेस्सी, जोर्डी अल्बा र डेविड ऐचोआले एक-एक गोल गर्नुभयो । फिलाडेल्फियाका आलेहान्द्रो बेडोयाले एक गोल फर्काउनुभयो ।

खेलको तेस्रो मिनेटमै जोसेफ मार्टिनेजले गोल गर्दै मायमीलाई अग्रता दिलाउनुभयो । २० औँं मिनेटमा कप्तान मेस्सीले लामो दूरीबाट गोल गर्दै खेलको अग्रता दोब्बर पार्नुभयो । पहिलो हाफको अन्तिममा अल्बाले गोल थप्दै तीन-शून्य बनाउनुभयो । दोस्रो हाफको मध्यतिर फिलाडेल्फियाका बेडेयाले गोल फर्काउनुभयो ।

खेल सकिन ६ मिनेट बाँकी रहँदा ऐचोआको गोलसँगै मायमीले चार-एकको जितसहित फाइनलमा स्थान बनायो । अब मायमीले फाइनलमा नाशभिल र मोन्टरेबीच खेलको विजेतासँग खेल्नेछ । फाइनल यसै शनिबार हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?