‘एनसेल इपिएल लिग’ प्रतियोगिता सुरु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले हाल सञ्चालनमा रहेको इंलिस प्रिमियर लिग (इपिएल) २०२३/२४ का अवसरमा एनसेल एपमा ‘एनसेल इपिएल लिग’ प्रतियोगिता सुरु गरेको छ ।

प्रतियोगिताअन्तर्गत सहभागी ग्राहकले साप्ताहिक रूपमा र इपिएल सिजनको अन्त्यमा तीनजनाले मुख्य पुरस्कार जित्ने मौका पाउनेछन् । सहभागी एनसेल एप प्रयोगकर्ताले इपिएलका खेलका आधारमा साप्ताहिक रूपमा फुटबलको नतिजाको पूर्वानुमान गर्न सक्छन् ।

कम्पनीका अनुसार ग्राहकलाई साप्ताहिक रूपमा बोनस प्रश्न पनि सोधिनेछ, जसबाट १० अंक संकलन गर्न सकिन्छ र सही उत्तरमा केही पुरस्कार पनि प्राप्त गर्न सकिन्छ ।

पहिलो पुरस्कार विजेताले वायर फ्री सेवाको निःशुल्क डिभाइसका साथ १२ महिनासम्म प्रत्येक महिना दुई सय ५० जिबी डेटा सेवा पाउनेछन् भने दोस्रोले छ महिनासम्म निःशुल्क वायर फ्री डिभाइस साथ प्रत्येक महिना दुई सय ५० जिबी डेटा र तेस्रोले वायर फ्री सेवाको निःशुल्क डिभाइस र प्रतिमहिना दुई सय ५० जिबी डेटा तीन महिनासम्म पाउनेछन् ।

प्रतियोगिता इपिएल सिजनको अन्त्य नभएसम्म चल्नेछ । प्रतियोगितामा एनसेलका १८ वर्षभन्दा माथिका ग्राहकमात्र भाग लिन योग्य हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?