यस्तो छ- आजको फलफूल तथा तरकारीको मूल्य

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी १३० रुपैयाँमा कारोवार भइरहेको छ ।

लोकल सानो गोलभेँडाको मूल्य बुधबारको तुलनामा ७ रुपैयाँले घटेर ७५ रुपैयाँ प्रतिकेजी रहेको छ । सोही गोडभेँडा बुधबार प्रतिकेजी ८२ रुपैयाँमा किनबेच भएको थियो ।

रातो आलुको मूल्य स्थिर ५० रुपैयाँ र भारतीय सुकेको प्याज प्रतिकेजी ५८ रुपैयाँ रहेको छ । बिहीबार स्थानीय काउली प्रतिकेजी २० रुपैयाँले बढेर ७० रुपैयाँ पुगेको छ । कन्य च्याउको मूल्य बुधबारको तुलनामा २० रुपैयाँ घटेर प्रतिकेजी १८० रुपैयाँ रहेको छ ।

डल्ले च्याउको मूल्य ४०० रुपैयाँमा स्थिर छ । गाँजरको मूल्य प्रतिकेजी २० रुपैयाँले बढेर आएको छ । गाँजर प्रतिकेजी ११० रुपैयाँ पुगेको छ । घिउ सिमी लोकल ८०, भन्टा लाम्चो ५०, मकै बोडी ७०, भटमासकोशा ९० रुपैयाँ तोकिएको छ ।

तितो करेला ५०, लौका ६०, परवल ६०, घिरौंला ३५, फर्सी पाकेको ५०, काँक्रो लोकल ६०, भिण्डी ९०,स्कुस ७०, प्याज हरियो १५०, रायो साग ११०, कुरीलो ५०० रुपैयाँ प्रतिकेजीमा खरिदबिक्री भइरहेको छ ।

केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य बुधबारको तुलनामा स्थिर प्रतिकेजी ३५० नै कायम छ । कागती १२०, अनार प्रतिकेजी ४० रुपैयाँले घटेर बिहीबार २८० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।

तरबुजा हरियो ७०, मौसम १४०, कालो अंगुर ४०० र नासपाती लोकल ७० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?