सर्पले डसेर मृत्यु

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 1 min

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका-१०, तुलसी टोलमा सर्पवे डसेर एक वृद्धाको मृत्यु भएको छ । स्थानीय ७४ वर्षीया इन्द्रमाया श्रेष्ठको विषालु सर्पको टोकाईबाट मृत्यु भएको हो । उहाँलाई राति घरमा सुतेकै ठाउँ गोमन सर्पले डसेको स्थानीयले बताएका छन् ।

श्रेष्ठलाई राति १ बजेतिर सर्पले डसेपछि उपचारका लागि लालबन्दी १ स्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको स्थानीय गणेश श्रेष्ठले जानकारी दिनुभयो । सर्लाहीमा यो वर्ष विषालु सर्पले डसेर तीन जनाको मृत्यु भइसकेको छ ।

यसअघि चन्द्रनगर गाउँपालिकाको मोहनपुरका एक बालक र बागमती नगरपालिकाको बसनियाँमा अर्का एक बालकको विषालु सर्पले डसेर मृत्यु भएको थियो । अहिले गर्मीयाममा विषालु सर्पको बिगबिगी हुने भएकाले सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?