मानवअधिकारवादी संस्थाको निष्कर्ष : यातना र कुटपिटबाट कैदीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । विभिन्न मानवअधिकारवादी संस्थाले संखुवासभा जिल्ला कारागारका दुईजना कैदीको यातना र कुटपिट मृत्यु भएको निष्कर्ष निकालेका छन् ।

बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले कारागारमा गरिएको स्थलगत अध्ययनको निष्कर्ष सार्वजनिक गर्दै कुटपिटसहितको यातनाबाट कैदीको मृत्यु भएको दाबी गरेका हुन् ।

भाग्न खोजेका दुई कैदीको कुटपिटबाट मृत्यु भएको र मृत्युपछि मात्र अस्पताल लगिएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका कोशी प्रदेश संयोजक सोमराज थापाले जानकारी दिनुभयो ।

गत बुधबार संखुवासभा कारागारमा भएको घटनामा नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामी र संखुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगीको मृत्यु भएको थियो । घटनामा संलग्न प्रहरीहरूलाई नियन्त्रणमा लिइ अनुसन्धानसमेत सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?