‘गोर्खा वारियर’को प्रिमियरमा ‘द ब्याण्ड अफ द ब्रिगेड अफ गुर्खाज’ले प्रस्तुति दिने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । ‘गोर्खा वारियर’को प्रिमियरमा ‘द ब्याण्ड अफ द ब्रिगेड अफ गुर्खाज’ले प्रस्तुति दिने भएको छ । बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा नेपाली चलचित्र ‘गोर्खा वारियर’को वल्र्ड प्रिमियर आगामी भदौ २४ अर्थात् १० सेप्टेम्बरमा हुँदैछ । सो प्रिमियरमा ‘द ब्याण्ड अफ द ब्रिगेड अफ गुर्खाज’ले प्रस्तुति दिने तय भएको निर्देशक मिलन चाम्सले जानकारी गराउनुभयो ।

‘नेपाली चलचित्रको लागि गर्विलो इतिहास लेखिँदै छ । उक्त बेलायती सेनाको ब्याण्डले दिने सम्मान आफैँमा गौरवपूर्ण हुनेछ । उहाँहरू गोर्खालीको कथालाई पर्दामा देखाउने भएपछि स-सम्मान आफ्नो प्रस्तुति दिन तयार हुनुभएको हो’, निर्देशक चाम्सले भन्नुभयो, ‘सो प्रिमियरमा बेलायत सेनाका उच्च पदाधिकारीसमेत सहभागी हुनेछन् । गोर्खालीको विषयमा चलचित्र बनेको छ भन्ने थाहा पाएपछि उहाँहरूले दिनुभएको सम्मानलाई म शब्दमा व्यक्त गर्न सक्दिन ।’

हलिउडका ठूला कलाकारझैँ नेपाली कलाकारलाई प्रिमियरको दौरान रेड कार्पेटमा हिँडाउने तयारीमा रहेका निर्देशक चाम्सले उक्त चलचित्र भवनमा हलिउडका ठूला कम्पनी मार्भल, डिसी, युनिभर्सल, डिज्नीको चलचित्र विशेष प्रदर्शनी भइसकेको बताउनुभयो ।

चाम्सले लण्डनको लिसेस्ट स्क्वायरस्थित आइम्याक्स हलमा हुने प्रदर्शनीमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो दिइएको जानकारी पनि दिनुभयो ।

युद्धको कथामा बनेको ‘गोर्खा वारियर’मा सन् १९४९ मा मलाया जंगलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा छ । नेपाली, अंग्र्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायत कलाकारको अभिनय छ ।

निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन चलचित्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?