छैटौं ग्लोबल नेपाली फिल्म अवार्डमा ‘प्रस्थान’को घोषणा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ‘छैटौं ग्लोबल नेपाली फिल्म अवार्ड’ मा चलचित्र ‘प्रस्थान’को निर्माण घोषणा गरिएको छ । अभिनेता तथा निर्माता हसनराजा खानले आफ्नै निर्माण निर्देशनमा यो चलचित्र बनाउन लाग्नुभएको हो । वैदेशिक रोजगारीको कथामा चलचित्र निर्माण हुने जनाइएको छ ।

चलचित्रको छायांकन दुबई र नेपालमा हुनेछ । हसन लामो समयदेखि व्यवसायको सिलसिलामा दुबईमा हुनुहुन्छ । यो चलचित्रको निर्माणमा दुबईको कम्पनी किव्रा इभेन्ट्सले समेत सहकार्य गर्नेछ ।

वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने नेपालीहरूको कथामा बन्ने चलचित्रलाई हिन्दी भाषामा समेत डब गर्ने तयारी गरिएको छ । हसनले यसअघि नायक आर्यन सिग्देललाई लिएर चलचित्र ‘अलबिदा’ निर्माण गर्नुभएको थियो ‘रोमियो’ मा उहाँले निर्माण तथा अभिनय गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?