‘हिँड्दा हिँड्दै’को ट्रेलरमा प्रेम र द्वन्द्व

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भदौ १ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘हिँड्दा हिँड्दै’को ट्रेलर सार्वजनीक गरिएको छ । चलचित्रका प्रमुख कलाकारलाई प्रस्तुत गरिएको करिब तीन मिनेट लामो टे«लर डिएआर मुभिजमार्फत दर्शकमाझ ल्याइएको हो । ट्रेलरमा नायक आकाश श्रेष्ठ र नवअभिनेत्री रेखा शाहबीच प्रेम, विश्वास र धोकाको परिक्रम प्रस्तुत गरिएको छ ।

मिलन आलेमगरको निर्देशन रहेको चलचित्रमा सुशील पंगेनीको लेखन-निर्माण रहेको चलचित्रमा आकाश र रेखासँगै सलोन बस्नेत, सानीया खान, भोला सापकोटा, विमल श्रेष्ठ, विशाल श्रेष्ठ, विकास थापामगर, बालकलाकार अर्विन थिङलगायत कलाकारको अभिनय छ ।

विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रलाई सुमनकुमार तण्डुकारले खिच्नुभएको भएको हो । चलचित्रका गीतमा तारा प्रकाश लिम्बू र किरण माइकलको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी र देव महर्जनको द्वन्द्व निर्देशन छ ।

राज लामा निर्माता रहेको चलचित्रको सहनिर्मातामा प्रमोदकुमार तामाङ र महादेव साह हुनुहुन्छ । गौतमराज खड्काले सम्पादन गरेको चलचित्रको कलर ग्रेडिङ समीर मियाँले गर्नुभएको हो । नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यो चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?