‘आलोक-सुरज स्मृति सम्मान’ शम्भुजीतलाई

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल म्युजिक भिडियो निर्देशक समाजले संगीतरत्न विशिष्ट संगीतकार शम्भुजीत बास्कोटालाई ‘आलोक-सुरज स्मृति सम्मान’बाट सम्मानित गर्ने भएको छ । नेपालमा पहिलो म्युजिक भिडियोको निर्देशन गरेर म्युजिक भिडियोको यात्रा शुभारम्भ गर्दै नेपाली गीत संगीत र म्युजिक भिडियोको विकाशमा अतुलनीय योगदान दिएको भन्दै बास्कोटालाई यो सम्मानबाट सम्मानित गर्न लागेको समाजले जनाएको छ ।

यही ३ भदौ आइतबार काठमाडौंको जमलस्थित नाचघरमा सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम समारोहमा बास्कोटासहित विभिन्न म्युजिक भिडियो निर्देशकलाई सम्मान गरिने संघका कार्यवाहक अध्यक्ष देवेन्द्र पाण्डेले जानकारी गराउनुभयो ।

नेपाल म्युजिक भिडियो निर्देशक समाजकी कोषाध्यक्ष बबिता श्रेष्ठको संयोजनमा हुने यो कायक्रममा विशेष सम्मानबाट वरिष्ठ लोकगायक प्रेमराजा महत, वरिष्ठ म्युजिक भिडियो सम्पादक प्रकाश तुलाधर, वरिष्ठ म्युजिक भिडियो छायांकार धीरजजंग शाह, वरिष्ठ म्युजिक भिडियो निर्देशक शंकर बिसी र वरिष्ठ म्युजिक भिडियो महिला निर्देशक अनुपा श्रेष्ठलाई पनि कार्यक्रममा सम्मानित गरिने आयोजकले जनाएको छ ।

सोही समारोहमा वरिष्ठ म्युजिक भिडियो तथा चलचित्र निर्देशक तथा प्रतिनिधिसभा सांसद असिम शाहलाई मानार्थ सदस्य सम्मानबाट सम्मानित गरिने समाजका महासचिब सुव्रतराज आचार्यले जानकारी गराउनुभयो ।

सम्मान समारोहमा विभिन्न श्रष्टाले नृत्य एवं विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने जनाइएको छ । कार्यक्रममा अग्रज गायक आनन्द कार्कीसहित गायक गायिका यस कुमार, प्राश्ना शाक्य, जुनु रिजाल काफ्ले, रामजी खाँडले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नुहुनेछ । यस्तै गायक÷अभिनेता दुर्गेश थापा, मोडल/नृत्यांगना करिश्मा ढकाल, बाल कलाकार जेविन/जेविश श्रेष्ठले पनि कार्यक्रममा आफ्नो विशेष प्रस्तुति दिने कार्यक्रम संयोजक बबिता श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?