नेपाल संस्कृत विश्वविद्यालय वेलझुण्डीको शैक्षिक गतिविधि नियमित

विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ । नेपाल संस्कृत विश्वविद्यालय वेलझुण्डीको शैक्षिक तथा प्रशासनिक गतिविधि नियमित भएको छ । स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घले विभिन्न मागहरू राख्दै गत असारमा लगाएको ताला खुले पछी विश्वविद्यालयको गतिविधि नियमिति भएको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने, शिक्षाध्यक्ष प्रा.डा.भिम खतिवडा, कुलसचिव सहप्राध्यापक माधव अधिकारीसहित कर्मचारीको उपस्थितिमा ताला खोलिएको हो ।

विश्वविद्यालयमा लागेको ताला खुले संगै विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक कार्य नियमित भएको र आफुहरु निकट भविश्यमै हुने कार्यकारीको वैठकको तयारीमा जुटेको कुलसचिव सहप्राध्यापक माधव अधिकारीले वताउनुभयो ।

सेवा आयोगले गरेको विज्ञापनको परीक्षाको सम्पूर्ण जिम्मेवारी लोक सेवा आयोगलाई दिने सहमति भएको छ । विश्वविद्यालय सेवा आयोगले २०७८ चैत २६ गते शिक्षक तथा कर्मचारीका विभिन्न पदमा विज्ञापन आह्वान गरेको थियो ।

त्यसैगरी संस्कृत विश्वविद्यालयको अधिकृत स्तरको सुरुवाती तलबको ५० प्रतिशत बराबरको इन्टर्नसिप भत्ता प्रदान गर्ने सहमति भएको विश्वविद्यालय वार्ताटोलीका सदस्य सचिव अनिल पोख्रेलले जानकारी दिनुभयो। उहाँका अनुसार निर्णय २०८० साउनदेखि लागू हुनेछ। तालाबन्दीका कारण शिक्षक तथा कर्मचारीतर्फका परीक्षाहरू पनि स्थगन भएका थिए । ताला ५५ दिनपछि खोलेको खुलेको हो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?