हराउँदै आफ्नोपन

डा. गणेशप्रसाद घिमिरे
Read Time = 17 mins

महाभारत युुद्ध हुुनुुपूर्व धृतराष्ट्रले सञ्जयलाई दूूतका रूपमा ईन्द्रप्रस्थ (हालको दिल्ली)बाट तत्कालीन समयमा विराटको राज्य नेपालको विराटनगर पठाए । सकेसम्म युुद्ध नहोस् । शान्तिका माध्यमबाट तत्कालीन समाज र त्यस समयका मानिसको जीवन डरलाग्दो युुद्धबाट सुुरक्षित रहोस् भन्ने कामना थियो होला धृतराष्ट्रको । युुद्धले कसैको हित गर्दैन । मानिस नै एक अर्काको शत्रुुका रूपमा उपस्थित भएको हुन्छ । एक अर्कालाई समाप्त पार्ने भावनाले भरिएर शत्रुुताको अवस्थामा पुुगेको हुन्छ । यो युुद्धलाई हुन नदिनुु उनको चाहना थियो ।

युुद्धको डरलाग्दो अवस्थाबाट हस्तिनापुर सुुरक्षित रहोस् भन्ने चाहना पनि उनको हुन सक्दछ । तत्कालीन भारतवर्ष एक अर्काको शत्रुका रूपमा उपस्थित नहोस् भन्ने चाह धृतराष्ट्रको हुन सक्दछ । यो उनको आफ्ना सन्तानको नाश नहोस् भन्ने कामना पनि हो । अझ भन्ने हो भने त धृतराष्ट्रमा रहेको पुुत्रस्नेह पनि हो ।

शान्ति स्थापना गर्न सकियो भने मेरा छोराहरूको जीवन सुुरक्षित रहन्छ भन्नु धृतराष्ट्रभित्र उर्लेको भेल थियो । यो बर्खेभेललाई धृतराष्ट्रले सञ्जयमार्फत पठाएका थिए । सञ्जय भन्छन् युुद्ध गरेर वा आफन्तलाई मारेर पाएको राज्यले कहिले पनि तिमीहरूलाई सुुख दिने छैन ।

महाभारतमा सञ्जयले उठाएको शान्तिको प्रस्ताव र युुधिष्ठिरको उत्तर अति घतलाग्दो छ । यदि यो युुद्ध भयो भने तत्कालीन समयमा भारतवर्षको अवस्था कमजोर हुने कुरालाई धृतराष्ट्र, युुधिष्ठिर, भीष्म, कृष्ण, द्रोण आदिले बुुझेका थिए । त्यो बुुझाइ तिनीहरूको मात्र थिएन तत्कालीन भारतवर्षको थियो । पाण्डवको सेनामा स्वयम् नारायणको रूप कृष्णको उपस्थितिले युुद्ध हाम्रो पक्षमा छैन भन्ने कौरवतर्फका सबैको बुुझाइ थियो । यो युद्धलाई रोक्न सकिन्छ कि भन्ने झिनो आशामा उनले सञ्जयलाई पठाएका थिए शान्तिको प्रस्ताव बोकाएर । शान्ति भयो भने म, मेरा सन्तान र हस्तिनापुर सुुरक्षित हुन्छ भन्ने उनको कल्पना थियो ।

सञ्जयको धारणा :
सञ्जय धृतराष्ट्रका सारथी थिए । व्यासले दिव्यचक्षुु दिएका थिए उनलाई । सञ्जय महाभारतको त्यो पात्र हो जसले हस्तिनापुरमा बसेर महाभारत युुद्धको प्रत्यक्ष प्रसारण गरेका थिए । आजको वैज्ञानिक युुगभन्दा सम्पन्न थियो त्यो युुग । दूूतको पहिलो काम तिनीहरूको प्रशंसा हुन्छ जहाँ ऊ दूूत बनेर गएको छ । सञ्जय भन्छन् :
सर्वैधर्मैः समुुपेतास्तुु पार्थाः संस्थानेन मार्दवेनार्जवेन
जाता कुले हृयनृशंसा वदान्या ह्रीनिषेवाः कर्मणां निश्चज्ञँ ।।
हे कुुन्तीपुुत्रहरू हो ! तिमीहरू दिव्य शरीर, कोमल, दयालुु स्वभाव, सरलता आदि गुुण र सबै धर्मबाट युुक्त छौ । तिमीहरूको उत्तम कुुलमा जन्म भएको हो । तिमीहरूमा क्रूूरताको सदा अभाव रहृयो । तिमीहरू उदार, लज्जाशील कर्मको परिणामलाई बुुझ्न सक्छौ । यी सञ्जयले पेश गरेका शब्द हुुन् । कति सरल र सहज तरिकाबाट पाँच पाण्डवको प्रशंसा गरेका छन् सञ्जयले । यो शान्तिको प्रस्ताव लैजाने व्यक्तिको चतुुरता र युुद्धबाट हस्तिनापुरलाई बचाउन सकिन्छ कि भन्ने झिनो आशा पनि हो । यो आशा स्वयं धृतराष्ट्रको थियो । सञ्जयको अभिव्यक्ति महाभारतलाई रोक्नुुभन्दा पनि धृतराष्ट्रको नुुनको सोझो गर्नु थियो । यही कुरा रामायणमा अङ्गद दूूत बनेर गएको अवस्थामा पनि विद्यमान रहेको छ । अङ्गद रावणको प्रशंसा गर्दै भन्छन् ः
उत्तम कुुल पुुलस्ति कर नाति, शिव बिरंचि पूूजेहुु बहुु भाँती
वर पायहुुु कीन्हेहुु सब काजा, जीतेहुु लोकपाल सब राजा ।।
हे रावण ! तिमी उत्तम कुलमा जन्मेका हौ । पुलस्त्य ऋषिका नाति हौ । शिव र ब्रहृमालाई तिमीले राम्रो तरिकाले पुुजेका छौ । उनीहरूबाट वर पाएर सबै काम सिद्ध गरेका छौ । लोकपाल र सबै राजाहरूलाई तिमीले जितेका छौ । यो अङ्गदको रावणप्रतिको कथन थियो । यही नै दूूतको असल काम, क्षेत्र र कर्तव्य पनि हो । शान्ति स्थापना गर्न सकियो भने मेरा छोराहरूको जीवन सुुरक्षित रहन्छ भन्नु धृतराष्ट्रभित्र उर्लेको भेल थियो । यो बर्खेभेललाई धृतराष्ट्रले सञ्जयमार्फत पठाएका थिए । सञ्जय भन्छन् युुद्ध गरेर वा आफन्तलाई मारेर पाएको राज्यले कहिले पनि तिमीहरूलाई सुुख दिने छैन ।
ते चेत् कुुरूनन््शिष्याथ पार्था निर्णीय सर्वान् द्विषतो निगृहृय
समं वस्तज्जीवितं मृत्युुना स्याद् यज्जाीवध्वं ज्ञातिवधे न साधुु ।।
हे कुुन्ती कुमारहरू ! यदि तिमीले कौरवहरूलाई निश्चित रूपमा आफ्ना शत्रुु मानेर दण्ड दिनुु, कैद गर्नुु, मार्नु जस्ता काम गर्नेछौं । आफ्ना कुुटुुम्बलाई मारेर गरिएको शासन राम्रो मानिँदैन । त्यो तिमीहरूको मृत्युु समान् जीवन मानिनेछ । यी सञ्जयका पाण्डवहरूप्रति गरिएको सम्बोधन थियो । उनले धृतराष्ट्रको दूूतको कर्तव्यलाई राम्रोसित निर्वाह गरेका छन् ।

युुधिष्ठिरको कथन :
सञ्जयका कुरा पाँच पाण्डवले सुुने । उनले निर्वाह गरेको दूूतको कर्तव्यलाई पनि अक्षरशः बुुझे । युुधिष्ठिरले युुद्ध चाहेका पनि थिएनन् । सञ्जयको आगमनछि अन्तिम शान्तिदूूतका रूपमा पाण्डवको पक्षबाट स्वयं कृष्ण नै गएका छन् । कृष्णले सकेको प्रयास गरे तर सफल हुन सकेनन् । युुधिष्ठिरले उचित सल्लाह दिने विदुुरको तिरस्कारले हस्तिनापुरको यो अवस्था सिर्जना भएको तर्क राखेका छन् । यदि शासकलाई उचित सल्लाह दिने व्यक्ति भएन वा भत्तामात्र पचाउने व्यक्ति सल्लाहकारमा रहेको देखियो भने राज्यको अवस्था त्यहीरूपमा रहने सङ्केत देखिन्छ :
क्षत्तुुर्यदा नान्ववर्तन्त बुुद्धिं कृच्छं कुुरून् सूूत तदाभ्याजगाम
यावत् प्रज्ञामन्ववर्तन्त तस्य तावत् तेषां राष्ट्रवृद्धिर्बभूूव ।।
हे सञ्जय ! जबसम्म कौरव विदुुरको सल्लाह अनुुसार शासन व्यवस्था चलाउँथे तबसम्म सदा राष्ट्रको वृद्धि र राज्य समुुन्नत अवस्थामा रहेको थियो । उनीहरूले विदुरको सल्लाहलाई मान्न छोडे दिनदिनै विपत्ति आइरहेको छ । यहाँ विदुुरलाई एकविशिष्ट सल्लाहकारका रूपमा युुधिष्ठिरले मानेका छन् । यदि राज्यसञ्चालकका सल्लाकार गतिला परे भने देशको अवस्था दिनप्रतिदिन सुुधारिएर जाने सङ्केत देखिएको छ । सल्लाहकारपछि राज्य व्यवस्थाको सञ्चालनमा महत्वपूूर्ण भूूमिका मन्त्रीको हुुने गर्दछ । मन्त्रीहरूको उचित कार्यले नै देश समुुन्नत हुने कुरामा कुुनै शङ्का छैन । त्यही कुरालाई सम्बोधनका माध्यमबाट युुधिष्ठिर भन्छन् :
तदर्थलुुब्धस्य निबोध मेद्रद्य ये मन्त्रिणो धार्तराष्टस्य सूूत
दूूःशासन शकुुनिः सूूतपुुत्रो गावल्गणे पश्य सम्मोहमस्य ।।
हे सञ्जय ! धनको लोभी दुुर्योधनका दुुःशासन, शकुुनी र कर्ण जस्ता त मन्त्री छन् । यो दुुर्योधनको मोह हो । शासन व्यवस्था कसरी गतिलो हुन्छ र ! यी युुधिष्ठिरका अभिव्यक्ति थिए । यदि राज्य सञ्चालकले उचित सल्लाह दिने सल्लाहकार र गतिला मन्त्री नियुुक्त गर्न सकेन भने राज्य व्यवस्था नै तहसनहस हुने कुराको सङ्केत हो यो ।

आफ्नोपन हराएका हामी :
हामी गणतन्त्रमा छौं । गणतन्त्र आएपछि हामीले व्याकुुल माइलाले लेखेको सयौँ थुुँगा फूूलका हामी एउटै माला नेपाली भन्ने राष्ट्रगान बजाएका छौं । हो हामी सयौँ थुुँगामा विभक्त छौं । तर, जति जति गणतन्त्रले हुुर्कने मौका पाएको छ हामी एउटै माला बन्न सकेका छैनौँ । हामीमा दिनानुुदिन आफ्नोपन हराउँदै गएको छ । किन यस्तो भयो मुलुुक सोच्ने व्यक्ति र शासक खोइ ? कोशी प्रदेशका विरुद्ध आन्दोलन भइरहेको छ ।

भ्रष्टाचारको जालो चिरिनुु आवश्यक छ । गणतन्त्रमा विश्वास गर्न र यो व्यवस्थालाई दुुर्गन्धित नबनाउन आग्रह छ । भ्रष्टाचारको जालोमा जकडिएको यो राजनीतिक संरक्षणलाई चिर्नुु अनिवार्य छ । न्याय हराएको देशका रूपमा किन विकसित हुुँदैछ नेपाल सोच्ने बेला आएको छ ।

न राज्य सम्बोधन र वार्ताको पक्षमा छ न आन्दोलनकारी सम्झौताको पक्षमा छन् किन ? यो कस्तो गणतन्त्र हो हाम्रो देशको । गोर्खामा जन्मेर गोर्खाका तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरिदिएको भए यो नेपालको अस्तित्व रहने थियो पक्कै पनि थिएन । आज तिनकै शालिक हटाइन्छ । आजका हामी तत्कालीन गोर्खालाई कुुन रूपमा हेरिरहेहा छौं पत्तो भएन ।

तत्कालीन समयमा आर्थिक दृष्टिले सबैभन्दा कमजोर राज्य थियो गोर्खा । त्यहीँको शासक नेपाललाई एकसूूत्रमा बाँध्नका लागि समर्पित भयो र नेपाल बनायो । आज उसकै तस्वीरमाथि थुुकिन्छ, उनकै तस्वीरलाई लात्तिले हिर्काइन्छ र उनको नाममा रहेको चोकबाट शालिक हटाइन्छ किन ? यही हो गणतन्त्रको उपहार हामीलाई । भ्रष्टाचार हुनुहुुँदैन । सुुशासनको प्रत्याभूूति नेपालीले पाउनुुपर्दछ । यो सत्य हो । खोइ त पाएको नेपाली जनताले ।

एउटा भक्तले साधुलाई निम्तो दिएर बोलाउँछ प्रवचनका लागि आफूलाई गणतन्त्रको पहरेदार सम्झिने कान्तिपुुरले धार्मिक अतिवादीको पगरी गुुथाउँछ किन ? कुनै साधु नेपालमा आउनै नहुुने हो र ! धार्मिक सहिष्णुता भड्काउने काम किन हुन्छ सञ्चारगृहबाट । गाई काट्न पाउनुुपर्छ भन्दै किन वकालत हुन्छ यो देशमा । गाई नकाटेमा मासुु नै नपाइने त भएको छैन त देश । फेरि किन ? चाहियो गाईगोरुको मासुु । यही हो सहिष्णुुता हाम्रो र यही हो गणतन्त्रको पहिचान हाम्रो ।

दिनदिनै भ्रष्टाचारका नयाँ नयाँ प्रकरण बाहिर आएका छन् । देशको सुुरक्षा निकायमा विश्वास गरिँदैन किन ? कहाँ गयो नेपालीको आफ्नोपन र सहिष्णुता । किन यस्तो भयो मुलुुक । हवाइअड्डाबाट जफत गरिएिको सय किलो सुन किन साठी किलोमा परिणत हुुन्छ । तस्करसित सोझै सम्पर्कमा रहेका व्यक्ति वा नेतालाई सुुरक्षाकर्मीले किन नियन्त्रणमा लिन सक्दैन । यो सबै अतिवाद हो । यही अतिवाद गणतन्त्र हो भने हामी सोझा र मिलेर बसेका नेपालीलाई चाहिएन । स्थानीय निकायको प्रमुुखले खोला र सार्वजनिक जग्गा अतिक्रमण गर्न पाइँदैन भन्छ । अदालत र मानव अधिकार किन बोल्छ ? काम गर्न किन दिँदैन । यही हो गणतन्त्रले हामीलाई दिएको उपहार ?

भ्रष्टाचारको जालो चिरिनुु आवश्यक छ । गणतन्त्रमा विश्वास गर्न र यो व्यवस्थालाई दुुर्गन्धित नबनाउन आग्रह छ । भ्रष्टाचारको जालोमा जकडिएको यो राजनीतिक संरक्षणलाई चिर्नुु अनिवार्य छ । न्याय हराएको देशका रूपमा किन विकसित हुुँदैछ नेपाल । सोच्ने बेला आएको छ । कौरवका सल्लाहकारबाट विदुुर हटेको अवस्थामा हस्तिनापुरको जुुन अवस्था भयो त्यो अवस्था नेपालमा किन ? यो मुुलुुकमा असल शासक त देखिएन । अहिले आएका भ्रष्टाचारका काण्डलाई वर्तमान सरकारले चिर्न खोज्छ सरकार परिवर्तनको हल्ला चल्छ किन ? नेपालीको आशा र भरोसाको व्यवस्था गणतन्त्रलाई सुुरक्षित र व्यवस्थित गर्ने जिम्मा पार्टीका नेताहरूको हो ।

देशमा हराउँदै गएको आफ्नोपनलाई सम्हाल्न सकेनौँ भने तिमी र तिम्रा आसेपासेको अवस्था सारै कमजोर हुनेछ । एउटा सामान्य घटनाका कारण भारतको मणिपुर जल्यो । हामी नेपालीलाई लडाउने, भिडाउने र आफ्नो स्वार्थ सिद्ध गर्ने प्रयास हो भने तिमी र तिम्रो बठ्याइँलाई समाप्त पार्ने हैसियत हामी नेपालीले राख्न सक्छौं । युुवा र विद्यार्थीलाई विदेशका गल्लीमा पठाएर कोमाथि शासन गर्ने प्रयास र दाउमा छौ तिमी नेताहरू ! सचेत बन । आफूलाई सुुधार्न सकेनौ भने तिमीहरूको हालत पनि कौरवको जस्तो हुुनेछ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Devi Bhakta Dhakal
Devi Bhakta Dhakal
2023-08-19 6:13 pm

हामी गणतन्त्रमा छौं । गणतन्त्र आएपछि हामीले व्याकुुल माइलाले लेखेको सयौँ थुुँगा फूूलका हामी एउटै माला नेपाली भन्ने राष्ट्रगान बजाएका छौं । हो हामी सयौँ थुुँगामा विभक्त छौं । तर, जति जति गणतन्त्रले हुुर्कने मौका पाएको छ हामी एउटै माला बन्न सकेका छैनौँ । हामीमा दिनानुुदिन आफ्नोपन हराउँदै गएको छ । किन यस्तो भयो मुलुुक सोच्ने व्यक्ति र शासक खोइ ?

रिलेटेड न्युज

छुटाउनुभयो कि ?