सिमकोट गाउँपालिकाद्वारा खर्कमै पुगेर बालबालिकालाई खोप

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 4 mins

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले खर्कमा रहेका बालबालिकाका लागि घुम्ती खोप शिविर अभियान सञ्चालन गरेको छ । स्वास्थ्यकर्मीले करीब तीन हजार पाँच सयदेखि चार हजार मिटर अग्लो पाटनमै पुगेर बालबालिकाका लागि खोप कार्यक्रम सञ्चालन गरिएको हो ।

पालिकाले खर्कमा रहेका अन्य विरामीको उपचार पनि गरेको छ ।  हुम्लामा बर्षाको समयमा खर्क तथा अग्लो लेकमा चौँरी गाईसहित अन्य पशुवस्तु चरिचराउका लागि लिनुका साथै खर्कमा बालबालिका र गोठाला जाने भएकाले उनिहरुको उपचारको लागि घुम्ति शिविर सञ्चालन गरेको हो ।

सिमकोट गाउँपालिका-१ चुवाखोला वन र सोही पालिकाको वडा नम्बर ८ मा पर्ने रानी शैनामा रहेका खर्कमा पुगेर स्वास्थ्यकर्मीले बालबालिकालाई खोप र अन्य नागरीकलाई उपचार गरेको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नर भण्डारीले बताउनुभयो ।

चुवाखोला र रानी शैना खर्कमा गरी ८ जना बालबालिकालाई बिसिजि, डिपीटी, पिसीभी, पोलियो, जेइ, र मिजल्स रुबेला टाइफाइडलगायत आदी रोग विरुद्धको खोप ती बालबालिकालाई लगाइएको संयोजक भण्डारीले बताउनुभयो । बर्खा सिजनमा खर्कमा बालबालिका पनि सँगै लैजाने भएकाले उनिहरु बसोबास गरिहेका खर्कमा पुगेर खोप लगाइएको हो । यस्तै यि दुईवटा वडामा रहेका उच्च पहाडी खर्कमा गोठाला बसेका ७५ जना गोठालाको स्वास्थ्य चेकजाँच गरि औषधि उपचार गरिएको हो ।

यसैगरी चुवाखोला खर्कमा सिमकोेट-, १ मा रहेको स्वास्थ्य इकाई दोजामका स्वास्थ्यकर्मी रत्न बोहरा, सोही वडामा रहेको कुम्ली आधारभूत स्वास्थ्य इकाईका धनजीत भण्डारी र वडा २ ठेहे स्वास्थ्यचौकीबाट खटिएका सविन भण्डारी र वडा नम्बर आठमा रहेका रानी सैना खर्कमा धरन शाही खोल्सी स्वास्थ्य इकाई, नवीन बुढा साँता स्वास्थ्य र राजेन्द्र शाही स्याडा स्वास्थ्यचौकीबाट उनिहरुको उपचारका लागि खटिनु भएकाे थियाे ।

बालबालिकालाई खोप लगाउनकै लागि आफूहरू डेढ दिन पैदल हिडेर खर्कमा पुगेको ठेहे स्वास्थ्यचौकीबाट खटिएका स्वास्थ्यकर्मी सविन भण्डारीले बताउनुभयो । जागिर खाएपछि नजिक टाढा नभनि काममा खटिएको उहाँहरुको भनाई थियो ।

वर्षायामको झरीसँगै कठिन यात्रामा खटिई सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई गाउँपालिका र स्वास्थ्य शाखाले धन्यवाद समेत दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?