आज बस्ने सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली उपस्थित हुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन संवाद भएको छ । गत आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको सर्वदलीय बैठकमा सहभागी नहुनुभएका एमाले अध्यक्ष ओली सोमबारको बैठकमा भने उपस्थित हुँर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री प्रचण्डसँग भएको टेलिफोन संवादका क्रममा ओलीले सोमबार आफू सर्वदलीय बैठकमा सहभागी हुने जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीचको संवादपछि साँझ ७ बजेका लागि सर्वदलीय बैठक सारिएको छ । फोन संवादका क्रममा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे पनि चासो राख्नुभएको थियो ।

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले अवरोध गरेको सदन खुलाउने प्रयासका लागि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाउनु भएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?