काठमाडौं । काठमाडौ महानगरले बेरोजगारहरुलाई एउटै प्लेटफर्ममा ल्याइ रोजगारी दिनेको भएको छ । महानगरले रोजगारीको अवसर सृजना गराउने लक्ष्य रहेको श्रम बैंक परियोजनामार्फत संचालन गर्न लागिएको बताएको छ ।
यसबाट रोजगारीको अवसर बढाउने तथा श्रम बैंकमा भएका कामदारहरूलाई पूर्वाधार विकास, वातावरण संरक्षण तथा अन्य सामाजिक विकासका क्षेत्रमा रोजगारीको अवसर सृजना गराउने लक्ष्य रहेको महानगरले बताएको छ ।
यस योजना अन्तर्गत महानगरले स्थापना गर्ने श्रम बैंकले बेरोजगार युवाहरूको विवरण संकलन गर्ने, उनीहरूलाई शून्य बेरोजगार गौरवको योजना मार्फत आवश्यक प्रशिक्षण दिने, रोजगारदाताको आवश्यकता अनुसार श्रममा पठाउने, निजी क्षेत्रको उद्योग कल कारखाना, व्यवसायमा पठाउने, सरकारी विकास निर्माणका कार्य तथा अन्य परामर्श कार्यमा लगाउने जस्ता कार्यहरू यसले गर्ने भनिएको छ ।
काठमाडौ महानगरपालिकाको आर्थिक वर्ष २०८०।८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजना अन्तरगत श्रम बैंक योजना सञ्चालन गर्ने नीति अनुरुप , सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने सम्बन्धमा महानगरपालिकालाई आवश्यक पर्ने श्रमशक्तिको आपूर्तिलाई निरन्तरता दिन तथा सूचिकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजि क्षेत्रमा समेत रोजगार उपलव्ध गराउने उद्देश्यले श्रम बैंक परियोजना संचालनमा ल्याइएको हो।
यसै उद्देश्य अनुरुप महानगरपालिका क्षेत्रभरी चालु आर्थिक वर्षको लागि ताेकिएकाे कार्यहरुमा श्रम गर्न इच्छुक ब्यक्तिहरुले तोकिएको फाराम भर्न समेत महानगरले भनेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच