जिल्ला अस्पताल खोटाङमा सुगरका विरामीलाई बिहान ८ बजेबाटै सेवा

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । खोटाङ जिल्ला अस्पतालमा सुगर(मधुमेह) तथा खाली पेटका विरामीलाई बिहानैबाट सेवा दिने व्यवस्था मिलाईएको छ । गएको मंसिरबाट सुगर तथा खाली पेटको जाँच गर्ने विरामीलाई बिहान ८ बजेबाटै यो सुविधा मिलाईएको हो ।

सुगर तथा खाली पेटको जाँच गर्ने सेवाग्राही सिधै इमरजेन्सीमा गएपछि सिलिप लेखाई ल्याबमा जानुपर्ने हुन्छ । त्यसपछि ल्याबले चाहिने नमूना संकलन गर्दछ । अस्पतालका निमित्त प्रमुख एमडीजीपी डाक्टर चतुरानन्द यादवले भन्नुभयो ।

१० बजेपछि मात्रै ओपिड सुरु हुन्छ । १० बजेसम्म सुगर र खाली पेट जाँच गराउने सेवाग्राहीलाइ पर्खन गाह्रो हुन्छ । त्यही भएर बिहानैबाट यो सेवा सुरु गरेका हौ । १० बजेपछि उहाँहरुले टिकट काटेर बिहान दिएको नमूनाको रिपोर्टसहित ओपिडीमा डाक्टरसँग जाँच तथा परामर्श गर्न पाउनुुहुन्छ । डा.यादवले भन्नुभयो, यसो गर्दा खाली पेट र सुगर जचाउनेलाई झन्झट भएन, नमूना दिनै पनि लाईनमा बस्नुपरेन । खुरुखुरु काम हुन्छ । त्यही मान्छेले खानापछिको पनि त्यही टिकटले जाँच गराउन मिल्यो।

यस्तै, गत आर्थिक वर्ष २०७९/२०८० मा खोटाङ जिल्ला अस्पतालमा ओपिडीमा मात्रै ३४ हजार ९६८ जना विरामीको उपचार गरिएको छ ।

अस्पताल प्रशासनका अनुसार इमरजेन्सीमा नौ हजार ५२५ जना विरामीको उपचार गरिदा चार हजार ६९७ जनाको भिडियो एक्सरे गरिएको छ । १० हजार ९८३ जनाको एक्सरे गरिएको छ ।

इन्डोरमा १ हजार ४२ जना विरामी भर्ना भई उपचार गरेर फर्केका छन् । ५६ वटा शवको पोष्टमार्टम गरिएको छ ।

डेलिभरी भएका ४६५ जनामध्ये बिना आईसीयु ९१ जना गर्भवतीको सफलतापूर्वक अप्रेशन गरिएको तथ्यांक छ । ३७४ जना गर्भवतीले नर्मल रुपमा बच्चा जन्माएका छन् । उपचारको क्रममा छ जनाको ज्यान गएको थियो ।

अस्पतालमा डेलीभरी केश अप्रेशन गर्नलाई न आईसीयु छ, न एनआईसीयु(नबजात शिशु सघन उपचार कक्ष) तर, पनि चिकित्सकहरुले टाउँकोमा कफन बाँधेर अप्रेशन गरिरहेको छ । एकजना चिकित्सकले भने, अस्पतालमा आईसीयु र एनआईसीयु नहुनु भनेको खोटाङगे जनताको स्वास्थ्य समस्यामा सरकार कहाँ छ भन्ने गम्भीर प्रश्न हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?