ललितानिवास जग्गा प्रकरण : सीआईबीले लियो पूर्वमन्त्री चन्द्रदेव जोशीसँग बयान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बालुवाटार जग्गा काण्डले चिनिएको ललितानिवासको जग्गा हिनामिना प्रकरणबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री चन्द्रदेव जोशीसँग पनि बयान लिएको छ ।

सोमबार साँझ ट्विट गर्दै पूर्वमन्त्री जोशीले बयानपछि आफ्नो बोझ हलुका भएको प्रतिक्रिया दिनुभएको छ ।

'अन्तत' बोझबाट हलुका भएको छु । सीआईबी समक्ष बयान दिएको छु । सीआईबीलाई धन्यवाद । ललिता निवास काण्डको सम्बन्धमा मेरो भनाइ सार्वजनिक नै छ, ' उहाँले लेख्नुभएको छ, 'चाहिएको बेला आवश्यक सहयोगका लागि तयार छु ।'

यसअघि उहाँ बयानका लागि सोमबार सीआईबी कार्यालय पुग्नुभएको तर, सीआईबीले बयान नलिई फर्काएको जोशीले बताउनु भएको थियो । त्यसपछि उहाँको बयान लिइएको हाे ।

यसअघि बयान नलिइ फर्किनुपरेको उल्लेख गदै उहाँले सामाजिक सञ्जालमा समेत लेख्नुभएको थियो । उहाँकाे भनाइ यस्तो थियो–

‘पहिलोपटक सीआइबी प्रमुख आफैँले बयानका लागि भनेर बोलाउनु भयो । तर फेरि अहिले नआउनु भनि खबर आयो । आज फेरि बोलाए बमोजिम सवा १ बजे सीआइबी कार्यालय पुगेको थिएँ । तर बयान नलिइ फेरि बोलाउँला भनी फर्काइयो । भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिवद्धता कायम छ । म फरार छुँइन।’

उहाँसँगै सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग पनि छुट्टाछुट्टै बयान लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?