एमाले कर्णालीको अध्यक्षमा गुलावजंग शाह निर्वाचित

हिमालय टाइम्स
Read Time = 2 mins

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह निर्वाचित हुनु भएको छ।

एमाले कर्णाली प्रदेश अधिवेश अन्तर्गत भएको निर्वाचनमा कुल ६०९ मत खसेकोको थियो ।

अध्यक्षमा शाह ३६९ मत ल्याउँदै निर्वाचित हुनु भएको हो । अध्यक्षका निकटतम प्रतिस्पर्धी कालीकोटका मीन बहादुर शाही र प्रकाश रोकायलाई हराउँदै शाह निर्वाचित हुनु भएको हो । शाहीले २०७ मत ल्याउनु भयो भने रोकायले ४ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा भने टेकराज पछाईले २४२ मतसहित विजयी हुँदा लाल बहादुर महताराले १७६ मत रदानसिंह परिवार ५९ मत पाउनु भयो ।

सचिवमा ध्रुव बहादुर शाही ४०६ मतका साथ विजयी हुँदा अर्का प्रत्यासी रूद्र बहादुर शाहीले १६९ मत ल्याउनु भयो ।

त्यसैगरी, उपसचिवमा रवीन्द्रराज शर्माले ३०० मतले विजयी हुँदा रमेश बहादुर शाहीले २६६ मत पाउनु भयो। यस्तै पद्मा खड्का १५१ र मेनका पछाईले ९६ मत पाउनु भयो ।

उपसचिवमै तेज कुमार बि क -७७, उज्जन बहादुर शाह- ५६, धिरेन्द्र गिरी -५२, नारायण बहादुर शाह -३४,  बखत बहादुर भण्डारी - ३४ मत पाउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?