सिंहदरबारमा प्रमुख दलका शीर्ष नेताको बैठक सुरु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाउनुभएको सर्वदलीय बैठक सिंहदरवारमा सुरू भएको छ।

संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न प्रधानन्त्री दाहालले राष्ट्रिय दलहरूलाई छलफलका लागि आह्वान गर्नुभएको हो ।

सिंहदरबारमा प्रमुख दलका शीर्ष नेताको बैठक सुरु भएको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखकलगायतको उपस्थिति रहेको छ ।

सुन तस्करी प्रकरणमा एमालेले उच्च स्तरीय छानविन समिति माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?