काडिजविरुद्ध बार्सिलोनाको जित

Read Time = 3 mins

बार्सिलोना । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राती सम्पन्न खेलमा बार्सिलोनाले काडिजविरुद्ध दुई-शून्यको जित हात पारेको छ । बार्सिलोनाको जितमा पेड्री र फेरान टोरेसले समान एक-एक गोल गर्नुभयो । लिगको पहिलो खेलमा गेटाफेसँग गोलरहित बराबरी खेलेको बार्सिलोनाले जितसँगै तीन अंक जोडेको छ । ८२औँ मिनेटमा बार्सिलोनाका लागि गुन्डोगानको सटिक पासमा पेड्रीले गोल गर्नुभयो ।

त्यसपछि खेलको अतिरिक्त समयमा फेरान टोरेसले अर्को गोल थप्नुभयो । यससँगै बार्सिलोनाको दुई खेलमा चार अंक पुगेको छ । पहिलो खेलमा डेपोर्तिभो अलाभेसलाई एक-शून्यले हराएको काडिजको भने दुई खेलमा तीन अंक रहेको छ ।

यता इंग्लिस प्रिमियर लिगअन्तर्गत दुई लण्डन क्लबबीचको खेलमा वेस्ट हृयाम युनाइटेडले चेल्सीलाई हरायो । वेस्ट हृयामले चेल्सीलाई तीन-एकले पराजित गरेको हो । वेस्ट हृयामको जितमा नाएफ अगुएर्ड, मिकाएल एन्टोनियो र लुकास पाक्वेटाले एक-एक गोल गर्नुभयो । चेल्सीका कार्ने चुक्वुएमेकाले बराबरी गोल गर्नुभयो ।

खेलको सातौँ मिनेटमा नै अगुएर्डले गोल गर्दै वेस्ट हृयामलाई अग्रता दिलाउनुभयो । २८औँ मिनेटमा चेल्सीका लागि चुक्वुएमकाले बराबरी गोल फर्काउनुभयो । ४३औँ मिनेटमा चेल्सीले पेनाल्टीबाट अग्रता लिने अवसर पाएको थियो । तर, एन्जो फर्नान्डेजको पेनाल्टीलाई गोलरक्षक आरिओलाले विफल पार्नुभयो ।

दोस्रो हाफको ५३औँ मिनेटमा एन्टोनियोको गोलमा वेस्ट हृयामले पुनः अग्रता लियो । खेलको अन्तिम समयमा वेस्ट हृयामले पाएको पेनाल्टीमा पाक्वेटाले गोल गर्दै तीन-एकको जित पक्का गर्नुभयो । चेल्सी पहिलो खेलमा लिभरपुलसँग एक-एकको बराबरीमा रोकिएको थियो । वेस्ट हृयामले पनि बर्नमाउथसँग समान अन्तरको नतिजाले अंक बाँडेको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?