श्रीलंकालाई टिम च्याम्पियन उपाधि

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ अन्तर्गतको यू-१५ र यू-१७ दुवैतर्फ मिक्स टिम इभेन्ट्सको उपाधि श्रीलंकाले जितेको छ । सशस्त्र प्रहरी बल नेपालको हलचोकस्थित कभर्डहलमा भएको च्याम्पियनसिपको यू-१५ तर्फको प्रतिस्पर्धामा नेपाललाई ३-० ले पराजित गर्दै उपाधि उचालेको हो । श्रीलंकाका सेनुथ सेथमिथा पेरेराले नेपालका सुविन श्रेष्ठलाई २१-१७, २१-१७ को समान अन्तरले पराजित गर्नुभयोे ।
यस्तै, नेथ्मी रत्नायकेले रिहाना शेरचनलाई २१-८, २१-१३ ले पराजित गर्नुभयो । यसैगरी केनेथ अरुगोडा र सेनुथ सेथमिथा पेरेराको जोडीले सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीलाई २१-११, २१-१७ ले पराजित गर्दै उपाधिमा श्रीलंकाको नाम लेखाउन सफल हुनुभयो । तेस्रो स्थानमा बंगलादेश र भुटान रहे ।

यस्तै, यू-१७ तर्फ पनि श्रीलंकाले बंगलादेशलाई ३-२ सेटले पराजित गर्दै उपाधि उचालेको हो । पहिलो सेट बंगलादेशका एसएसएम सिफात उल्लाहले श्रीलंकाका थिदासा वेरागोडालाई २१-९, १३-२१, २१-१८ ले पराजित गर्दै खेललाई १-० को अवस्थामा पुर्‍याउनुभयो । दोस्रो खेलमा श्रीलंकाका रनिथ्मा लियानागेले बंगलादेशका सिन्थिया खानोम प्रियोन्तीलाई २१-२, २१-४ ले पराजित गर्दै खेललाई १-१ को बराबरीमा ल्याउनुभयो । तेस्रो खेलमा पुनः राजोन मिया र एसएसएम सिफात उल्लाहको जोडीले श्रीलंकाका हिरुका अलुथ पतबेन्दिगे र थिदासा वेरागोडाको जोडीलाई २१-१३, २१-१४ ले पराजित गर्दै खेललाई २-१ को अवस्थामा पुर्‍याउनुभयो ।

चौथो खेलमा श्रीलंकाका रनुमी मनागे र रनिथ्मा लियानागेको जोडीले बंगलादेशका मथेना मधुरजो विश्वास र सिन्थिया कानोम प्रियोन्तीको जोडीबाट वाक ओभर प्राप्त गरेपश्चात् खेल २-२ को बराबरीमा पुग्यो । अन्तिम तथा निर्णायक खेलमा श्रीलंकाका थिदासा वेरागोडा र रनिथ्मा लियानागेको जोडीले बंगालादेशका एसएसएम सिफात उल्लाह र सिन्थी खानोम प्रियोन्तीको जोडीलाई २१-११, २३-२५, २१-१० ले पराजित गर्दै खेललाई ३-२ ले आफ्नो पक्षमा पार्दै श्रीलंकालाई उपाधि विजेता बनाउनुभयो । तेस्रो स्थानमा भुटान र नेपाल रहे ।

त्यसअघि भएको सेमिफाइनलमा दिलासा राना र रिहाना शेरचनको जोडीले यू-१५ मा बंगलादेशका अफिफा खान अरिन र तान्जिला महमुदको जोडीलाई २१-१५, १६-२१, २१-९ ले पराजित गर्दै फाइनल स्थान बनाउनुभएको थियो । यू-१५ तर्फ नै टिसा रानी शाक्य र समृद्धि श्रेष्ठको जोडी श्रीलंकाका सिथुली रनसिंघे र नेथ्मी रत्नायकेसँग ८-२१, ७-२१ ले पराजित हुनुभयो । यस्तै, पुरुषतर्फ सुदेश राजकोटी र शिशिर रानाको जोडी बंगलादेशका मोस्तकी होसैन र वाली उल्लाहको जोडीसँग ९-२१, १२-२१ ले पराजित हुनुभयो ।

महिला यू-१५ एकलतर्फ टिसा रानी शाक्य श्रीलंकाकी नेथ्मी रत्नायकेसँग ४-२१, १४-२१ ले पराजित हुनुभयो । यसैगरी दिलाशा राना श्रीलंकाकी सुथुली रनसिंघेसँग १५-२१, १५-२१ को समान अन्तरमा पराजित हुनुभयो । पुरुषतर्फ सुविन श्रेष्ठ बंगलादेशका वाली उल्लाहसँग १५-२१, २१-१४, १८-२१ ले पराजित हुनुभयो । यू-१७ महिलातर्फ राजी राई श्रीलंकाकी रनुमी मनागेसँग १६-२१, २१-१८, १५-२१ ले पराजित हुनुभयो । पुरुषतर्फ कविर केसी श्रीलंकाका थिदासा वेरागोडासँग १२-२१, १९-२१ ले पराजित हुनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?