बिआरआई र नेपालले लिन सक्ने फाइदा

✍️ नारायणबहादुर गुरुङ

भदौ ३० गतेको अंकबाट क्रमशः
चिनियाँ भाषामा एउटा प्रसिद्ध उखान छ यदि तपाईं धनी हुन चहानुहुन्छ भने पहिले एउटा बाटो खन्नुहोस् । चीनमा बनेका सडक सञ्जाल अन्य भौतिक संरचना र प्राप्त उपलब्धिलाई हेर्दा यो उखानको आसय सत्य प्रतीत हुन्छ । हाम्रो राष्ट्रिय अर्थतन्त्रलाई विकास गर्न र जनजीवन सहज बनाउन हाम्रा आधारभूत भौतिक संरचना जस्तै गतिलो सडक, विद्युत् तथा शुद्ध खानेपानी आपूर्ति, ढल निकास र फोहोर मैला व्यवस्थापन स्तरोन्नति गर्न अत्यन्त जरुरी भइसकेको छ । उत्पादकत्व बढाएर तुलनात्मक मूल्य कम गरी कतिपय आयातीत वस्तु विस्तापित गर्न र निकासी गरी बहुमूल्य विदेशी मुद्रा कमाउनका साथै बढ्दो व्यापर घाटा क मगर्न यी भौतिक संरचनाहरूले ठूलो योगदान पु¥याउने कुरामा दुई मत नहोला ।

हाम्रो राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन उद्योगको अवस्था हेर्दा टिठ लाग्ने देखिन्छ अरू उद्योगको कुरै छाडौं अहिले हामीकहाँ आउने विदेशी पर्यटकहरूको वार्षिक संख्या लगभग १२ लाख जति छ । यो निकै न्यून संख्या हो । हामीभन्दा धेरैपछि पर्यटन उद्योग सुरु गरेको तिब्बतको २०१७ मा आन्तरिक र बाहृय पर्यटन आगमन संख्या २ करोड ५६ लाख चौध हजार रहेको छ भने पर्यटनबाट ३७.९४ अर्ब युआन आम्दानी गरेको छ । २०१८ का लागि पर्यटक आगमनको लक्ष्य ३ करोड ३० लाख र आम्दानीको लक्ष्य ४३ अरब युआन राखेको छ ।
नेपाल सरकारले २०२० लाई भ्रमण वर्ष तोकेको छ र वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । तर, पर्यटन व्यवसायीहरूले नै यो लक्ष्य पुग्नेमा शंका गरेको सुनिन्छ । पर्यटक संख्या नबढ्नुमा हाम्रा पर्यटकीयस्थलको संरक्षण र स्ततरोन्नति हुन नसक्नु, आवतजावत गर्न गतिला सडक सञ्जालहरूको अभावमा असहज हुनु मुख्य कारण हुन् कि ?

हाम्रो भौतिक संरचना थप्न र स्ततोन्नति गर्न हामीसँग लगानी गर्ने पुँजीको अभाव, दक्ष जनशक्तिको कमी अनि प्राविधिक सीपहरू पनि कमी भइरेहेका बेला छिमेकी मुलुकले बिआरआईमार्फत सहयोगको हातअगाडि बढाइरहेको अवस्थामा मौका छोप्नु ढिलाइ गर्न नुहुने देखिन्छ ।

सन् २०२० को सुरुबाट सुरु भएको कोभिड १९ को संक्रमणले अन्तर्राष्ट्रिय आगमानलाई नराम्ररी प्रभावित पार्‍यो । फलस्वरूप अरू क्षेत्रमा जस्तै पर्यटन उद्योगमा ठूलो धक्का लाग्यो । ठूलो मात्रामा पर्यटन उद्योगमा भर पर्ने श्रीलंका पर्यटनबाट हुने आम्दानीबाट वञ्चित हुन पुग्यो । त्यहाँको आर्थिक अवस्थामा यस्तो कुप्रभाव पार्‍यो कि आर्थिक संकट निम्त्यायो । यही मौका छोपेर बिआराआईलाई डेप्ट टक्र्यापको उदाहरणको रूपमा व्यापक प्रचार गरिएको छ र नेपालीहरूलाई पनि तर्साएको छ । तर, बुझ्नुपर्ने कुरा के छ भने ती भौतिक संरचना यथावत् छन् । मौका आउनासाथ प्रतिफल दिनेछ तर प्रजातन्त्र, वाकस्वतन्त्रता र मानव अधिकारको नाममा अवैधानिक रूपले अर्को देशमा सैनिक हस्तक्षेप गरेर ढुंगे युगलाई सम्झाउने गरिएको तहसनहस अवस्थासँग तुलना गर्न सकिन्छ ?

विशेषगरी पोखरेली जनताको चाहना र लामो संघर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले मूर्तरूप लिएको छ । गतवर्ष खुलेको यो विमानस्थल सुविधा सम्पन्न र देखाउने लाएकको आधुनिक छ । यसको कुशल व्यवस्थापनले पोखरा र सेरोफेरोको पर्यटन विकासमा ठूलो भूमिका खेल्नेमा दुई मत नहोला । आर्थिक विकास, रोजगारी र जीवनस्तर बढाउन निश्चय अतुलनीय सहयोग पुग्नेछ । तर, केही बाहृय शक्ति र देशभित्रैका मानिस बेखुशी भएको देखिन्छ । उद्घाटनका बेला चिनियाँ कार्यवाहक राजदूत र पछि नयाँ राजदूतले यो आयोजना बिआरआई अन्तर्गत बनेको भनेपछि चीनले विमानस्थलको स्वामित्व लियो, डेप्ट ट्क्र्यापमा पार्‍यो, सेतो हात्तीजस्ता नकरात्मक र उत्तेजना फैलाउने अनि दुई देशको सम्बन्धमा आँच आउने खालका नकरात्मक कुरा नसुनिएको होइन । यहाँ ध्यान दिनुपर्ने के छ भने बिआरआई आर्थिक प्राविधिक सहयोग होइन । यसलाई माथि प्रष्ट पारिएको छ ।

हाम्रो भौतिक संरचनाहरू थप्न र स्ततोन्नति गर्न हामीसँग लगानी गर्ने पुँजीको अभाव, दक्ष जनशक्तिको कमी अनि प्राविधिक सीपहरू पनि कमी भइरेहेका बेला छिमेकी मुलुकले बिआरआईमार्फत सहयोगको हात अगाडि बढाइरहेको अवस्थामा मौका छोप्नु ढिलाइ गर्न नुहुने देखिन्छ । हामीले यसलाई चीनले दिने वैदेशिक अनुदानको रूपमा हेर्ने गल्ति नगर्न सचेत रहनुपर्छ । हामीलाई आधारभूत प्राथमिकतामा रहेको योजना जस्तै देशभित्र जोड्ने आन्तरिक सडकहरू उत्तरी नाका जोड्ने सडक, विद्युत् तथा खानेपानी आपूर्ति, ढल निकास, फोहरमैला व्यवस्थापन, पर्यटकीयस्थलको सम्भार र स्तरोन्नति अनि नयाँ सम्भावनाको खोजी आदिमा राम्रोसँग तयारी गरेर विनविनको आधारमा लगानि भित्र्याउँदा दीर्घकालीन फाइदा हुनसक्छ । यी संरचना सोझै उद्योग व्यापारको विकास सँगसँगै व्यापक जनजीवनसँग जोडिएका छन् ।

हालसालै चिनियाँ विदेशमन्त्री वाङ यी र अन्य चिनियाँ प्रतिनिधि मण्डलहरूले नेपाल आउँदा बिआरआई बारे कुरा उठाउँदै आएको छ । सेप्टेम्बरको तेस्रो हप्तातिर सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण हुँदै छ । दुईपक्षीय वार्तामा चिनियाँहरूले यो कुरा अवश्यै उठाउने छन् ।

ऊर्जा विकासमा सडक यातायात र घरेलु प्रयोगमा आउने इन्धनलाई प्रतिस्थापना गर्नसमेत लक्ष्य राखिनुपर्ने देखिन्छ । यसबाट विदेशिएको अर्बांैं विदेशी मुद्रा बचाउन र पर्यावरण शुद्ध राख्न ठूलो देन हुन सक्छ । त्यसबाहेक भविष्यमा सम्भावित हुनसक्ने नाकाबन्दीका कारण तेल र ग्यासको अभावले सिर्जना गर्ने कठिनाइबाट बच्न सकिन्छ । यातायातमा विद्युतीकरण गर्न सकिएमा घरेलु बजारमा उत्पादित विद्युत् खपत गर्न सकिन्छ । सहरी यातायातमा हामीले काठमाडौंमा चलाएको ट्रलिबसलाई व्यापकता दिन सकेमा सस्तो लगानिमा उच्चस्तरीय स्वच्छ हरित यातायात सेवा दिन सकिन्छ । यो स्काई ट्रेन, मोनोरेल र ब्याट्रीबाट चल्ने बसभन्दा सस्तो लगानिमा बनाउन सकिन्छ ।

अहिले तिब्बतबाट केरुङ हुँदै काठमाडौं, पोखरा हुँदै लुम्बिनी जोड्ने रेलमार्गको निकै चर्चा भएको सुन्न पाइन्छ । एकदम खुशीको कुरा हो तर रेलमार्ग निर्माण र सञ्चालन गर्न ठूलो पुँजी लाग्ने, उन्नत प्राविधि चाहिने, उच्च व्यवस्थापकीय क्षमता, व्यवस्थापन तथा कर्मचारीमा चाहिने इमानदारी, कडा अनुशासन्, लगनशीलता र परिश्रम जस्ता न्यूनतम आधारभूत कारक तत्वमा के हामी तयार छौं ? बिआरआईको उद्देश्यमै उल्लेख गरेअनुसार के हाम्रो बजारले धान्न सक्छ ?

चिसो दिमागले सबै किसिमका जोखिम, फाइदा हेरेरमात्र बेलैमा निर्णय लिन वाञ्छनीय होला । नत्र भने भएभरको सबै यसमा खन्याएर ऋणको पासोमा नपरिएला भन्न सकिँदैन । विशेष गरेर अति सामन्य ट्रलिबस र भइरहेको एक्लो जनकपुर रेललाई पनि राम्ररी सञ्चालन गरेर खान नसकेको अवस्थामा यो प्रश्न उठाउन स्वाभाविक देखिन्छ । यसको मतलब हामीले कहिल्यै यसको सञ्चालन गर्न सक्दैनौं भन्ने होइन । हामीले हाम्रो सोच र काम गर्ने संस्कार बदल्न सक्यौं भने माथि उल्लेखित कठिनाइ केही पनि होइनन् ।

हालसालै चिनियाँ विदेशमन्त्री वाङ यी र अन्य चिनियाँ प्रतिनिधि मण्डलहरूले नेपाल आउँदा बिआरआई बारे कुरा उठाउँदै आएको छ । सेप्टेम्बरको तेस्रो हप्तातिर सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण हुँदैछ । दुईपक्षीय वार्तामा चिनियाँहरूले यो कुरा अवश्यै उठाउने छन् । अहिलेसम्म अलमल पारेर राखिएको यो विषयलाई सजिलैसँग पन्छाउन नमिल्ला । देशको सर्वोपरी हितलाई ध्यानमा राखी बाहृय मुलुकको दबाबमा नपरी दुई छिमेकी राष्ट्रका लागि ‘विन-विन’ को आधारमा प्रष्ट पार्नेछ भन्ने विश्वास छ । त्यसका लागि प्रशस्त मात्रमा गृहकार्य गर्न जरुरी छ । समाप्त ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?