श्रीलंकामा खडेरीले हजारौं हेक्टरमा लगाइएको धान नष्ट

Read Time = 1 min

कोलम्बो । श्रीलंकामा खडेरीका कारण ४७ हजार एकडभन्दा बढी धानखेती नष्ट भएको छ । कृषिमन्त्री महिन्दा अमरावीराले धानका बिरुवा खेतमा नै नष्ट भएका बताउँदै देशमा चामलको पर्याप्त मौज्दात रहेकाले स्थानीय बजारमा चामलको अभाव नहुने बताउनुभएको छ ।

दक्षिण एसियाली देश श्रीलंकाको प्रमुख खाद्यान्न धान हो । यसको खेती वर्षमा दुई पटक गरिन्छ । यो याममा पाँच लाख तीन हजार हेक्टर (लगभग १,२४२,९४० एकड) भन्दा बढी धान खेती भएको र अहिले त्यसलाई भिœयाइन थालेको मन्त्री अमरावीराले पत्रकारहरूलाई बताउनुभयो ।

श्रीलंकाको मौसम विभागले देशका केही स्थानमा दैनिक पानी पर्ने तथा अधिकांश ठाउँमा अर्को महिनाको अन्त्यसम्म सुक्खा रहने पूर्वानुमान गरेको छ । रासस÷सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?