राष्ट्रपति पौडेल आज डिस्चार्ज हुँदै, स्वदेश फर्कने छैन टुंगो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदै हुनुहुन्छ ।

नयाँ दिल्लीस्थित नेपाली दुतावासका अनुसार एम्स अस्पतालमा उपचाररत राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लाग्नुभएको हो ।

‘सम्मानीय राष्ट्रपतिज्यूको उपचारमा संलग्न सबन्धित चिकित्सकहरूले उहाँको स्वास्थ्यमा राम्रो सुधार भएकले आज(आइतबार) अस्पतालबाट डिस्चार्ज हुन सक्ने सम्भावना रहेको बताएका छन,’ नेपाली दुतावासले भनेको छ ।

छात्तिमा जमेको पानीमा संक्रमण देखा परे पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा त्रिभुवन बिश्वबिद्यालय, शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकको सुझावमा उहाँ उपचारका लागि नयाँ दिल्ली जानुभएको थियो ।

गत वैशाख ६ गते श्री एअरलाइन्सको एअर एम्बुलेन्समार्फत नयाँ दिल्ली जानुभएका पौडेल दश दिन पछि डिस्चार्ज हुन लाग्नुभएको हो। छात्तिमा समस्या देखा परे पछि उहाँ ५ गते साँझ शिक्षण अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो ।

सो अघि पनि पेटमा समस्या देखा परेको भन्दै राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा नै उपचार गरिएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?