कात्तिकमा आउँदै ‘टुहुरा’

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘टुहुरा’ कात्तिकमा देशभरका सिनेमाघरमा आउने भएको छ । ललितबहादुर तामाङद्वारा निर्मित चलचित्र ‘टुहुरा’ले सिनेमाघरमा आउने मितितय गरेको हो । बुबाआमाले छोडेका र टुहुरा बनेकाहरूको कथामा निर्माण भएको यो चलचित्रलाई यमर सिंह भ्लोनले निर्देशन गनुएभएको छ । यमरले यो चलचित्रबाट उठेको रकम टुहुरा बालकालिकाका लागि खर्च गरिने बताउनुभयो ।

चलचित्रमा निर्देशक यमरका साथमा सुरवीर पण्डित, सुस्मिता घलान्, सुलव ब्लोन, रोशी ब्लोन, श्री लामा, ललितबहादुर तामाङ, सञ्चमाया तामाङलगायतको अभिनय छ । चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिपिकेट दिएको छ । सोम जिसीले लेख्नुभएको यो चलचित्रमा दीपक अधिकारी, अर्जुन कार्की र केशव अधिकारीको छायांकन छ ।

विश्वास भण्डारीको सम्पादन रहेको चलचित्रमा कमल राईको कोरियोग्राफी, प्रताव दास, बाबुराम तामाङ, मेलिना राई, रमिला र लक्ष्मी स्याङ्तानको स्वर छ । चलचित्रमा लगानी श्री लामाले गर्नुभएको छ भने सहनिर्मातामा सञ्चमाया तामाङ हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?