भोजपुरमा व्यावसायीक चिया खेतीबाट राम्रो आम्दानी

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 5 mins

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा सुरु भएको ब्यवसायीक चिया खेतीबाट राम्रो आम्दानी हुन थालेको छ । इलाम र झापामा मात्र चिया खेती हुन्छ भन्ने भ्रमलाई चिर्दै जिल्लामा पनि ब्यावसायीक खेती थालिएको हो ।

भोजपुरको पश्चिममा रहेको टेम्केमैयुङ गाउँपालिकामा जिल्लाकै पहिलो गरस चिया उद्योग नै सञ्चालनमा आएको छ । उद्योगले राष्ट्रिय चिया तथा कफी खेती बोर्डबाट ट्रेडमार्क समेत पाई सकेको छ । बिगत १२ बर्ष अघिबाट संचालित गरस चिया उद्योगले राम्रो आम्दानी गर्दै आईरहेको छ । खेतीबाट राम्रो आम्दानीको श्रोत हुने देखेर नै सुरु गरेको संचालक सहरमान गिरीले बताउनुभयो ।

चिया खेतीको राम्रो सम्भावना देखेसँगै झापा बसाइसराई गईसकेका उद्योग सञ्चालक गिरी भोजपुर फर्केर ब्यवसायीक चिया खेती बिस्तारमा लाग्नु भएको थियो । मेहनत गरेमा बार्षिक नौ लाखसम्म आम्दानी गर्न सकिने संचालक गिरीको भनाई रहेको छ । हाल एक सय तीस रोपनी जग्गामा चिया खेती गरेको गिरीले बताउनुभयो ।

ब्यवसायीक खेती सुरु गरेसँगै उद्योगले रोजगारीको समेत अवसर दिएको छ । चिया गोड्ने, नर्सरी बनाउने र टिप्ने जस्ता कामको सिजनमा अन्य स्थानीयहरुले समेत रोजगार पाउने गरेका छन । बिहान बेलुका आफ्नो घरको काम भियाएर आफ्नै ठाउँमा काम गरेर पैसा कमाउन पाउँदा घर गर्जो टार्न सहज भएसँगै स्थानीयहरुमा पनि उत्साह थपिएको छ । टेम्केमैयुङ गाउँपालिकामा मात्र जिल्लाको अन्य क्षेत्र तथा गाउँपालिकाहरुमा समेत ब्यवसायीक चिया खेती थालिएको छ ।

भोजपुरको दक्षिणमा रहेको आमचोक गाउँपालिकाले सार्वजनिक जग्गामा पर्ने खुला खर्क, चउर, डाँडाकाँडामा व्यावसायिक चियाखेती विस्तार गरी दुर्गम ग्रामिण भेगका कृषकहरुको जिवनस्तर उकास्ने लक्ष्यका साथमा चिया खेती विस्तार कार्यक्रम सुरु गरिएको छ ।

सिंगो गाउँपालिकाको आर्थिक उन्नती र पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने उद्धेश्यले गाउँपालिकाका सार्वजनिक जग्गामा गाउँपालिकाको बार्षिक कार्यक्रम अन्र्तगत नै चिया खेती विस्तार गरिएको हो । खेर गईरहेका सार्वजनिक खुला खर्क, चउरी डाँडाहरुमा चिया लगाएर व्यावसायिक रुपमा सिंगो गाउँपालिकालाई पर्यटन, रोजगारी र अर्थोपार्जन जस्ता क्षेत्रमा बहुआयामिक बनाउने तयारीका साथ खेती विस्तार गरिएको आमचोक गाउँपालिकाले जनाएको छ ।

चियाका लागि उत्तम हावापानी भएकाले पनि चिया खेतीलाई प्रोत्साहन गरी अगाडी बढाउन सकेमा गाउँपालिका भित्रै रोजगारी सिर्जना गर्न सकिने स्थानीयको बुझाई रहेको छ । चियाखेतीमा आश्रित बनेर व्यावसायीक आम्दानीको श्रोत र रोजगारीको बाटो सिर्जना हुने भएपछि चियाखेतीमा उत्साह छाएको कृषकहरुको भनाई रहेको छ ।

पर्यटन प्रबद्र्धनसंगै गाउँपालिकाको आर्थिक आय बढाउन, सार्वजनिक जग्गाभरी, खुला खर्क, चउरलाई पनि सुन्दरता थप्ने, रोजगारी सिर्जना गर्न पनि चिया खेतीको विस्तार गरिएको गाउँपालिका अध्यक्ष अशोक राई बताउनु हुन्छ । ‘वातवरणीय स्वच्छता थप्नुको साथै चियाखेतीबाट सिंगो गाउँपालिकालाई बहुआयामिक बनाउन पनि मद्दत पु¥याउने हाम्रो लक्ष्य हो ।’ सुरुवाती अवस्थाबाटै गाउँपालिकाका सार्वजनिक खुला जग्गामा चिया खेतीका लागि राष्ट्रिय चिया तथा कफि विकास बोर्डसँग सहकार्य गरेर काम अगाडी बढाईएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?