त्रिशूली बस दुर्घटना अपडेट : मृतक चार यात्रुको सनाखत

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । त्रिशूलीमा बस दुर्घटना हुँदा ज्यान गुमाएका आठमध्ये चार यात्रुको सनाखत भएको छ।

दुर्घटनामा म्याग्दीको रघुगङ्गा-३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी-१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङको गजुरी-८ का २० वर्षीय सुशील रम्तेल र कास्कीको फुलबारी-११ का २४ वर्षीय सुमन थापाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाएका अन्य चार जनाको सनाखत हुन बाँकी छ। सनाखत हुन नसकेका मृतकमध्ये एक जना महिला र तीन जना पुरुष रहेका छन्।

काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनी जाँदै गरेको रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान धादिङको गजुरी गाउँपालिका-२ चालिसेस्थित छहराबाट त्रिशूलीमा खसेको थियो।

बसमा २६ जना रहेका थिए। दुर्घटनामा १७ जना घाइते छन्। घाइते १३ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ। एक जनाको राजमार्ग अस्पताल मलेखु र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ। सहचालक  र बागलुङ गलकोटकी ज्ञानु बुढामगर सामान्य घाइते भएका छन्।

बस नदीमा डुबेकोले गोताखोरको टोलीले एक जना यात्रु हराइरहेको आशङ्कामा खोजी जारी राखेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?