बहुप्रतिभाका धनी सोनी

गायन, संगीत/एरेञ्ज र मोडलिङमा ख्याति

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । बुबा खड्गबहादुर विक र आमा खिरेकुमारी सुनारको कोखबाट बाग्लुङ जिल्ला, भकुण्डे-२ मा जन्मिनुभएका राकेश सोनी काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन श्रोता/दर्शकमाझ पस्किरहनुभएको छ । राकेश विक नेपाली कला क्षेत्रमा राकेश सोनीका नामले आफ्नो ख्याति बढाउँदै लानुभएको छ । संगीतका विविध विधामा सक्रिय सोनीले कुशल ‘एरेञ्जर’का रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल हुनुभएको छ । विगत लगभग डेढ दशकदेखि यो क्षेत्रमा निरन्तर आफ्ना क्रियशन पस्किनुभएको सोनीले एक हजारभन्दा बढी गीतमा आफ्नो कौशल प्रदर्शन गर्नुभएको छ । आफ्नो सानैदेखिको लगावका कारण यो क्षेत्रमा आएको बताउनुहुने उहाँको पारिवारिक माहौल पनि सांगीतिक थियो । त्यसैले उहाँ यो क्षेत्रमा होमिनुभयो । वरिष्ठ गायक संगीतकार बिबी अनुरागी उहाँको दाइ हुनुहुन्छ । बिबी अनुरागीको साथ सहयोगले पनि आफूमा रहको प्रतिभाबाहिर आउन सफल भएको सोनी बताउनुहुन्छ । ‘दाइको प्रेरणा हौसला र साथ सहयोगले आज म यो स्थानमा पुग्न सफल भएको हुँ’, उहाँ भन्नुहुन्छ ।

सबै गीतमा कुशल एरेञ्ज गर्ने उहाँमा खुबी भए पनि अलिक बढी लगाव लोकदोहोरीमा देखिन्छ । उहाँले एरेञ्ज गरेका ‘बोत्तलको पानीले’, ‘माछा तारेको’, ‘निधारमै लेखेसी’, ‘एकादशी बजारैमा’, ‘सेतो क्रिमले’, ‘मज्जाले नाचौला’, ‘तुम्मा पिएपछि’, ‘साइकल किन्न जाम’, ‘कोइली चरी’लगायत सयौ गीतहरू श्रोता/दर्शकको मन मस्तिकमा बस्न सफल भएका छन् । सोनी जति एरेञ्ज र संगीतमा पोख्न हुनुहुन्छ त्यती नै गीत लेखन र गायन पनि अब्बल हुनुहुन्छ । उहाँको स्वरमा रहेको थुप्रै गीतलाई श्रोता/दर्शकले मन पराएका छन् । उहाँको स्वरमा ‘ट्युशन फ्रि छ’, जति हेर्छु मलाई’, पासपोर्ट’, हामले कसम खाको होइन र’, ‘आइ एम सरी’लगायत गीतले श्रोता/दर्शकको अत्यधिक साथ पाएका छन् ।

बहुप्रतिभाका धनी सोनीले संगीत, गायन सँगसँगै मोडलिङमा पनि आफूलाई प्रस्तुत गर्दै आउनुभएको छ । तीनदर्जन जति गीतका भिडियोमा अभिनय गर्नुभएका सोनी स्थानीयदेखि राष्ट्रियस्तरका विभिन्न मेला महोत्सवमा पनि त्यतिकै रुचाइएको पाइन्छ ।

उहाँले यो क्षेत्रमा पुर्‍याएको योगदानकै कारण राष्ट्रिय तथा स्थानीयस्तरका थुप्रै मान, सम्मान, पुरस्कार र अवार्ड प्राप्त गर्न सफल हुनुभएको छ । ‘ज्योति फिल्म अवार्ड’, ‘राष्ट्रिय संगीतकर्मी संघ अवार्ड’, ‘राप्ती म्युजिक अवार्ड’लगायत अवार्ड प्राप्त गर्नुभएका उहाँले २०१७मा गिनिज बुक अफ वल्र्डमा पनि आफ्नो नाम दर्ज गर्न सफल हुनुभएको छ । सामाजिक कार्यमा पनि सक्रिय रहँदै आउनुभएका सोनी नेपाली गीत संगीतको क्षेत्र व्यापक र विस्तार हुँदै गएको बताउनुहुन्छ । संगीत, संगीत संयोजनका साथै लेखन, गायन, मोडलिङ, विभिन्न स्टेज प्रस्तुति र महोत्सवहरूमा व्यस्त रहँदै आउनुभएका सोनीले भर्सटायल व्यक्तित्वका रूपमा आफूलाई प्रस्तुत गर्दै आउनुभएको छ । हरेक क्षेत्रमा उत्तिकै अब्बल रहनुभएका उहाँ निकै लामो संघर्ष र आरोह अवारोह पार गर्दै आफूले अहिलेको स्थान चुम्न सफल भएको बताउनुहुन्छ ।

अहिलेको सफलताका पछाडि थुप्रै आरोह-अवरोह रहेको उहाँ सुनाउनुहुन्छ । सबै श्रोताप्रति आभारी रहने उहाँ आफ्नो कर्तव्य भनेको नेपाली संगीतलाई राम्रो सिर्जना दिने बताउनुहुन्छ । जीवन र संगीत एक अर्काका परिपूरक रहेको बताउनुहुने उहाँ जीवनसँग गीतसंगीत अभिन्न रूपमा जोडिएको बताउनुहुन्छ ।

यो क्षेत्र नयाँ आउनेलाई बुझेर र पढेर आउन उहाँको सुझाब छ । ‘उसले रियाज कति गरेको छ ? उसले गीतकार, संगीतकार, गायक हुनुमा लगानी कतिको ग¥यो अर्थात् कति बुझे्को छ यो क्षेत्रलाई, अध्ययन कति गरेको छ भन्ने कुरा आउँछ’, उहाँ भन्नुहुन्छ । जथाभावी स्वर नै भइकन नै गीतहरू गाइदिने, संगीतको सामान्य नियम नै न बुझेका मान्छेहरूले पनि गायकको भरमा, ऐरेञ्जरको भरमा संगीत गरिदिनेहरूका कारण यो क्षेत्रमा केही विकृति भित्रिएको उहाँको गुनासो छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?