काठमाडाैं । भारतको उत्तरपूर्वी राज्य मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
एक प्रहरी अधिकारीकाअनुसार बुधवार पुल भत्किँदा अहिलेसम्म मृतकको संख्या २६ पुगेको हो । मिजोरको राजधानी आइजवलबाट २१ किलोमिटर उत्तरपश्चिममा रहेको मणिपुरको साइराङ शहरमा निर्माणाधिन पुल भत्किएको थियो ।
मृतकहरु सबै घटनास्थलमा काम गर्ने कामदार रहेको बताइएको छ । मिजोरमका मुख्यमन्त्री जोरमथान्गाले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गर्नुभयो । पुल भत्किनुको कारण अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन ।
रेलमन्त्री अश्विनी वैष्णवले घटनाको छानबिन गर्न निर्देशन दिनुकासाथै पीडित परिवारलाई क्षतिपूर्तिको घोषणा गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ब्र्रिक्स शिखर सम्मेलनका क्रममा घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच