काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहालसमक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वकोे एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ(क्यासी)का अध्यक्ष पिटर म्याकमुलिन एम हितको प्रतिनिधिमण्डलले मंगलबार भेटवार्ता गरेको छ । सो अवसरमा नेपालको आर्थिक विकासमा एसिया प्रशान्त क्षेत्रबाट लगानी, प्रविधि एवं विकास मोडल आकर्षण गर्न क्यासीबाट हुन सक्ने सहयोगका विषयमा छलफल भएको छ । सो अवसरमा प्रधानमन्त्रीले नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यावसायिक लिडरलाई आग्रह गर्दै नेपालले राजनीतिक उपलब्धि हासिल गरिसकेको र अबको यात्रा समृद्धि नै भएकाले यसमा सहयोग गर्न आग्रह गर्नुुभयो ।
नेपालले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय लगानी आहृवान गरिरहेको र नेपालमा लगानीका लागि अति नै उपयुक्त समय पनि भएको र सरकार सबै प्रकारको सहयोग गर्न तयार रहेकोमा उहाँले आश्वस्त पार्नुभयो । महासंघ अध्यक्ष ढकालले ३७औँ क्यासी सम्मेलन नेपालको आर्थिक विकासका मुद्दामा केन्द्रित भएको र सम्मेलन सहयोगी हुने अपेक्षा नेपाली निजी क्षेत्रले गरेको बताउनुुभयो । उहाँले एसिया प्रशान्त क्षेत्रबाट लगानी एवं प्रविधि भिœयाउन क्यासीमार्फत् महासंघले पहल गर्ने स्पष्ट पार्नुभयो ।
महासंघका अनुसार क्यासीका अध्यक्ष पिटरले लगानी आकर्षण एवं आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमा सहयोग पुु¥याउन क्यासी तयार रहेको प्रतिबद्धता जनाउनुुभयो । सो अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्याल र क्यासी पदाधिकारी एवं सदस्यको उपस्थिति थियो ।
महासंघको आयोजनामा काठमाडौंमा आयोजित क्यासीको ३७औँ सम्मेलन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा भाग लिन एसिया प्रशान्त क्षेत्रबाट करिब तीन दर्जन व्यावसायिक नेता काठमाडौं आएका थिए । सम्मेलनमा स्वच्छ र नवीकरणीय ऊर्जा, क्षेत्रीय आर्थिक वृद्धि, खाद्य र कृषि, युवा उद्यमशीलता तथा सूचना प्रविधि, पर्यटन, लघु, घरेलु तथा साना उद्यम, जल, ऊर्जा र वातावरण, क्षेत्रीय व्यापार व्यवसाय सञ्जाल विस्तार, एसिया-प्रशान्त क्षेत्रमा विकासका अवसर र चुनौतीलगायतका महत्वपूर्ण विषयमा दुुई दिनसम्म छलफल भएको थियो । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघ क्यासीको संस्थापक सदस्य हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच