उद्योग वाणिज्य संघ दाङको निर्वाचनका लागि समिति गठन

विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको यही असोज १३ गते हुने निर्वाचनका लागि निर्वाचन समिती गठन गरिएको छ । संघका शुक्रवार वसेको बैठकले यस्तो निर्णय गरेको हो ।

निर्वाचन गराउनका लागि अधिबक्ताहरु निर्मल गौतम, मौसम आचार्य र अच्युत न्यौपाने सदस्य रहेको निर्वाचन समिती बनाउने निर्णय गरिएको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिनुभयो ।

अधिवेशनले ३ वर्षका लागि नया नेतृत्व चयन गर्ने छ । नयाँ नेतृत्व सर्व सहमतीमा चयन गर्नका लागि प्रयास जारी राखिएको संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले १९ औ साधारण सभाका लागि विभिन्न समिती गठन गरेको छ । अतिथी सत्कार समितीमा अध्यक्ष टंकसिंह वुढाथोकी र निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल हुनुहुन्छ । मञ्च व्यवस्थापन समितीमा देवकला वस्नेत, विनोदप्रसाद पाण्डे, जुद्धवहादुर घर्ति ९ जगत० हुनुहुन्छ । भोजन तथा आवास व्यवस्थापन समितीमा विष्णुप्रसाद रिजाल, मित्रदेव अधिकारी र लिलाराम खड्का रहेका छन् । संघको साधार सभा यही असोजको ६ गते र अधिवेसन असोजको १३ गते हुँदैछ ।

वडा प्रहरी प्रमुखसंग छलफल

दाङ जिल्ला उद्योग वाणिज्य संघले वडा प्रहरी कार्यालय घोराहीमा भरखरै सरुवा भएर आएका वडा प्रहरी प्रमुख संग छलफल गरेको छ । संघले शुक्रवार एक कार्यक्रमको आयोजना गरि वडा प्रहरी कार्यालय घोराहीका प्रमुख रामप्रसाद पाण्डे संग परिचयात्मक तथा उद्योगी, व्यवसायीहरुको शान्ति सुरक्षाको विषयमा छलफल गरेको हो । कार्यक्रममा बोल्दै प्रहरी प्रमुख पाण्डेले नागरिकलाइ शान्ति सुरक्षा आफनो प्राथमिकता रहेको बताउनुभयो । आफुले नागरिकले केही अनुभुति हुने गरि काम गर्ने समेत उनको भनाइ रहेको थियो । ‘नागरिकले केही फरक पाउने गरि काम हुने छ’ प्रमुख पाण्डेले भन्नुभयो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले व्यवसायीहरु हरेक क्षेत्रवाट समस्यामा परेको बताउनुभयो । समस्याको कारण धेरै व्यवसायीहरु विस्थापित हुँदै गएको उहाँको भनाइ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?