सूर्या र ज्योति लाइफ मर्जर सम्झौता

Read Time = 2 mins

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । शुक्रबार भएको सम्झौतामा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षले हस्ताक्षर गरेका छन् । मर्जर सम्बन्धमा प्रारम्भिक सम्झौता २०७९ असार १२ गते भएकोमा बीमा समितिबाट २०७९ असार १३ गते सैद्धान्तिक सहमति प्राप्त भएको थियो ।

अन्तिम सम्झौतापत्रअनुसार गाभिएपछि बन्ने कम्पनीको नाम सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी कायम हुनेछ भने रजिष्टर्ड कार्यालय विराटनगर, मोरङमा तथा केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंमा रहनेछ । मर्जरपछि साधारणसभा नभएसम्म दुवै कम्पनीबाट तीन–तीनजना र एकजना स्वतन्त्र सञ्चालक गरी सात सदस्यीय सञ्चालक समिति बन्नेछ भने साधारणसभाले नयाँ सञ्चालक समितिको चयन गर्नेछ । नयाँ बन्ने सञ्चालक समितिको अध्यक्षमा सूर्या लाइफ इन्स्योरेन्सका केशवप्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृतमा ज्योति लाइफ इन्स्योरेन्सका प्रकाशविक्रम खत्री रहनुहुनेछ भने सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाउनुहुनेछ ।

गाभिएपछि बन्ने कम्पनीको सेयर सूर्या लाइफका सेयरधनीले एक सेयर बराबर एक सेयर पाउनेछन् भने ज्योति लाइफका सेयरधनीले एक सेयर बराबर ०.८२४५ सेयर पाउनेछन् भने कम्पनीको कुल चुक्ता पुँजी करिब चार अर्ब ५५ करोड पुग्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?