प्रधान सेवकका गुुण-३

Read Time = 15 mins

दुुई अङ्कमा प्रधान सेवकका गुणको चर्चा र एक असल शासकमा हुनुुपर्ने गुुणहरूलाई औँल्याइएको थियो । शासक कस्तो हुनुुपर्ने र शासकमा कस्ता किसिमका गुणहरू रहनुुपर्ने सन्दर्भलाई महाभारतमा पितामह भीष्मले हस्तिनापुरका प्रधान सेवक युुधिष्ठिरलाई भनेका कुराहरूलाई सन्दर्भको आधार बनाइएको थियो । यो अङ्कमा पनि शासक कसरी आफूलाई प्रसिद्ध राख्न सक्दछ र शासनमा रहेर जनताको कसरी सेवा गर्न सक्छ भन्ने सन्दर्भलाई उठान गरिएको छ । शासक आफैँमा पूूर्ण होइन । लोकतन्त्रमा त ऊ जनप्रतिनिधि मात्र हो । उसले शासनमा रहँदा गरेका क्रियाकलाप र कर्मले नै आफूलाई जीवन्त बनाएको हुन्छ । यही हुनुुपर्दछ शासकमा पनि । यदि शासक स्वेच्छाचारी भयो वा सनकका भरमा शासन चलाउने प्रयासमा रहृयो भने ऊमात्र होइन देशका जनता नै दुुःखको भुुँमरीमा पर्ने कुरालाई नकार्न सकिँदैन ।

स्थानीय, प्रदेश र सङ्घ गरी तीन प्रकारका सरकार चलाइरहेका छौँ हामी । यी तीन तहका सरकार आआफ्नै ढङ्गले चलिरहेका छन् । एकअर्को सरकारकाबीच समन्वय देखिएको छैन । उनीहरूका सबै क्रियाकलाप देश र जनताका लागि हुुनुुपर्नेमा त्यसो हुन सकेको पनि पाइँदैन ।

प्रधान सेवक गतिलो वा राज्यप्रति उत्तरदायी पूूर्ण छ भने व्यवस्थाका हरेक अङ्ग क्रियाशील र सक्रिय बनेर रहेका देखिन्छन् । प्रधान सेवकका गुणले नै राज्यका सबै संयन्त्रहरूले काम गर्ने अवसर पाएका हुन्छन् । देशको प्रधान सेवक निकम्मा छ भने ऊमात्र होइन देशका जनता नै पूर्णरूपमा कमजोर बनेर आएका हुन्छन् । जनता कमजोर हुनुुु भनेको राष्ट्र कमजोर हुनुु हो । यही सन्दर्भमा देखिएका कुरालाई लिएर हस्तिनापुरका प्रधान युुधिष्ठिर भीष्मलाई उत्तरदायी सेवक, असल राज्य, सबल जनता कसरी हुन सक्छन् र प्रधान सेवक के कति कारणले दोषको भागी हुुन सक्दैन भन्ने सन्दर्भमा प्रश्न गरेको देखिन्छ । शासकमा हुुुनुुपर्ने मुख्य कुरा जनताप्रति उत्तरदायित्व हो । देश र जनताप्रति उत्तरदायी भएन भने देशको र जनताको अवस्था पूूर्णरूपमा कमजोरर हुुने कुरालाई भीष्मले स्पष्ट पारेका छन् ।

ब्राहृमणप्रति श्रद्धा :
हस्तिनापुरका सेवक युुधिष्ठिर भीष्मलाई सम्बोधन गर्ने सन्दर्भमा सर्वप्रथम कुुनै पनि देशको प्रधान सेवकमा हुनुुपर्ने मूलभूूत गुुण र सेवकले निर्वाह गर्नुे भूमिकाका सन्दर्भमा भन्छन् :
कथं राजा प्रजा रक्षेन्नाधिबन्धेन युुज्जते
धर्मेण नापराध्नोति तन्मे ब्रूहि पितामह ।।
देशका जनताको पालक प्रधान सेवक कसरी चिन्तामुुक्त हुन्छ । धर्मका विषयमा अपराधीका रूपमा रहँदैन यो कुरा मलाई बताउनुहोस् । यो प्रश्न थियो युुधिष्ठिरको । राज्य सञ्चालनका सन्दर्भमा युुधिष्ठिरले पहिला जनता र दोस्रो धर्मलाई मानेका छन् । यदि शासक नै धर्मभ्रष्ट भयो भने शासकीय पद्यति कमजोर हुने कुरालाई यहाँ औँल्याएका छन् । शासन व्यवस्था चलाउने व्यक्ति वा प्रधान सेवक धर्मप्रति सदा सचेत हुुनुुपर्ने तर्कलाई युुधिष्ठिरले यहाँ उल्लेख गरेका छन् । राज्यको कुनै धर्म हुुँदैन सत्य होला ? तर शासक धर्मप्रति सदा सचेत रहनुु आवश्यक रहेको तथ्यलाई यहाँ उनले बताएका छन् । यही प्रश्नका सन्दर्भमा भीष्मले भनेका छन् :
धर्मनिष्ठान् श्रुुतवतो वेदव्रतसमाहितान्
अर्चयित्वा यजेथास्त्वं गृहे गुुणवतो द्विजान् ।।
प्रत्युुत्थायोपसंगृहृय चरणावविवाद्य च
अथ सर्वाणि कुुर्वीथाः कार्याणि सपुरोहितः ।।
प्रधान सेवकका आवासमा वेदज्ञ ब्राहृमण आएका खण्डमा उनीहरूलाई देख्नासाथ स्वागत गरेर चरण स्पर्श गर्नुुपर्दछ । विधिपूर्वक पूजा गरेर पुरोहितका साथ आवश्यक कार्यलाई अघि बढाउनुु प्रधान सेवकको पहिलो कर्तव्य भीष्मले यही मानेका छन् ।

यहाँ ब्राहृमणलाई आदर र सम्मान गरिएको छ । सत्य, निष्ठा र आचारको त्रिमूूर्ति ब्राहृमण मानिएको छ । विद्या, गुुण र विनयले सम्पन्न ब्राह्मण कहिले पनि राज्यको अहित र राज्य तथा राज्यकोषप्रति अनुुत्तरदायी हुुँदैन । उसले यज्ञयागादि सबै कर्म राष्ट्रहितका लागि गरेको हुुन्छ । राज्यको हितलाई सर्वोपरि मान्ने ब्राहृमणको सम्मान प्रधान सेवकको पहिलो आधार मानिएको छ । ब्राहृमण सेवाले दिने पुुण्यबाट प्रधान सेवक सफल हुन्छ भन्ने धारणालाई भीष्मले बताएका छन् । शास्त्रवेत्ता ब्राहृमण राज्यको उन्नतिका लागि उचित सल्लाह दिने व्यक्ति हो । त्यसैले ब्राहृमणको सम्मानलाई पहिलो आधार बनाएका छन् भीष्मले । ब्राहृमणको अपमानले राज्यका संयन्त्रमा असर पर्ने कुरालाई समेत भीष्मले उठाएका छन् ।

लोभी र मूर्खको त्याग :
प्रधान सेवक आफैँमा सबल हुुन्छ । प्रधान बन्नका लागि उसले विभिन्न चरणहरू पार गरेको हुुन्छ । त्यसैले ऊ एक सबल व्यक्ति हो शासनका लागि । उसले गर्ने पहिलो कार्यलाई भीष्मले यसरी उल्लेख गरेका छन् ।
मा स्म लुुब्धांश्च मूूर्खांश्च कामार्थे च प्रयूूयुुजः
अलुुब्धान् बुुद्धिसम्पन्नान् सर्वकर्मसुु योजयेत् ।।
प्रधान सेवकको पहिलो काम राज्यका सबै संयन्त्रमा मूूर्ख र लोभी मानिसलाई नियुुक्त नगर्नु हो । लोभरहित बुुद्धिमान् मानिसलाई सबै ठाउँमा नियुुक्त गर्नुु नै राज्यसंयन्त्रको अति उच्च प्राथमिकता हुुनुुपर्दछ । लोभले मानिसलाई राज्यको दोहन गर्न सिकाउँछ भने मूूर्खले कहिले पनि कार्यलाई पूूर्णरूपमा सम्पन्न गर्न सक्दैन । काममा अव्यावहारिक अवस्थालाई सिर्जना गरेको हुन्छ मूूर्खले । भीष्मले भनेका छन् :
मूूर्खो हृयधिकृतोऽर्थेषुु कार्याणामविशारदः
प्रजाः क्लिश्नात्ययोगेन कामक्रोधसमन्वितः ।।
व्यक्ति कार्य सम्पन्न गर्न कुशल छैन । काम र क्रोधका वशमा परेको छ भने यस्ता मूूर्खलाई अर्थ सङ्ग्रहको जिम्मा दिएमा यसले जनतालाई दुुःख दिन्छ भन्ने सन्दर्भलाई भीष्मले उठाएका छन् । यसरी प्रधान सेवकले गर्नुपर्ने र कतिपय ठाउँमा कस्ता मान्छे नियुुक्त गर्ने सन्दर्भलाई समेत बताएका छन् । प्रधान सेवक सचेत भएमा राज्यको कायापलट हुने सन्दर्भमा कतै विमति देखिँदैन ।

मूर्ख र लोभीको भीड :
नेपाल सार्वभौमसत्ता सम्पन्न मुुलुुक हो । यो मुुलुुकको आफ्नै निजी पहिचान र अस्तित्व रहेको छ । यो मुुलुुकले मेहनतलाई सबैभन्दा महत्त्व प्रदान गरेको छ । कतिपय विदेशी मुुलुुकमा सबैभन्दा इमानदार नेपाली र सबैभन्दा प्राकृतिक सुुन्दरताले भरिएको देश नेपाल मानिएको छ । यो विदेशीले हामीलाई दिएको भिख होइन । यो हामीभित्रको स्वाभिमान हो । साहस, दृढता, इमानदारीता तथा स्वाभिमान नेपालीका पहिचान बनेका छन् समुुद्रपारि र छिमेकी मुलुुकमा पनि तर हाम्रो देशको राजनीतिले सबै बिर्साइदिएको छ । विश्वलाई नै चकित पार्ने राजनीति हाम्रा नेताहरूले गरिरहेका छन् ।

राजनीति देश जनताका लागि हुुनुुपर्दछ । राष्ट्रको चौतर्फी उन्नतिका लागि हुुनुुुपर्दछ । तीनवटा सरकारको सहकार्यबाट देश चल्नुुपर्दछ । एउटा जागिर खाने मान्छे तलब नभए बाँच्न सक्दैन । तर, देशको आर्थिक सङ्कट टार्न एक महिनाको तलबभत्ता देशको ढुुकुुटीमा दिनुु न हुुन्न र !

स्थानीय, प्रदेश र सङ्घ गरी तीन प्रकारका सरकार चलाइरहेका छौँ हामी । यी तीन तहका सरकार आआफ्नै ढङ्गले चलिरहेका छन् । एकअर्को सरकारकाबीच समन्वय देखिएको छैन । उनीहरूका सबै क्रियाकलाप देश र जनताका लागि हुुनुुपर्नेमा त्यसो हुनसकेको पनि पाइँदैन । राजनीति समाज सेवाका लागि हो । संविधानले दिएका मौलिक हकको रक्षाका लागि हो । जनताको सेवाका लागि हो । जनताका काम छिटो, छरितो तरिकाले गर्ने आशय हो । नेपालका सन्दर्भमा त्यसो हुन सकेको देखिँदैन । जनताकाकेन्द्रबाट हुुने काम स्थानीय तहबाट होऊन् भन्ने असल मनसाय पनि हो । सोही मनसायलाई आधार मानेर जनताले बालिग मताधिकारबाट चुनेका हुुन् ।

एउटा पाँच वर्षे कार्यकाल समाप्त भएर अर्को कार्यकालको एक वर्ष बितिसकेको अवस्था पनि हो । तर खोइ ? जनताका काम बनेका । जनता बिलखबन्दमा परेका छन् । सङ्घीय संसदमा हुने गरेका बहस र छलफल सुन्दा नै आफूलाई लाज लागेर आउँछ । सरकार प्रमुुख विदेश भ्रमण जान्छन् । विदेश गएर आएपछि संसद्मा के लिएर आइस् भन्ने सवाल तेस्र्याइन्छ किन ? कूूटनीतिक भ्रमण, छिमेकीसँगको सुुमधुुर सम्बन्धको स्थापना, पुुनर्ताजगी भ्रमणको विषय बन्न सक्दैन र !

संसदमा उठाउने मुुद्दा देशको हित र विकासका लागि हुुनुुपर्ने हो । नेपालीलाई विदेशका गल्लीमा बेचेर धन कमाउने मनसाय राख्ने सांसद, सत्तारोहण गर्न पाइएन भनेर मरिहत्ते गर्ने पार्टी, ठूलाठूला कुरा गर्ने माखो नमार्ने मन्त्री, मोटर चढेर जनताको करबाट तलब खाने प्रमुुख उपप्रमुुख यो कस्तो लोकतन्त्र हो । दिनरात मिहिनेत गरेर तीसौँ वर्ष सरकारी जागीर खाने कर्मचारी र पाँच वर्ष राजनीति गरेर जीवनयापन गर्ने नेताको जीवनशैली किन फरक ! देशमा आर्थिक मन्दी आयो भन्छन् अर्थविद्हरू ।

त्यसका लागि ठोस नीति खोइ ? देशमा रोजगारी सिर्जना गर्ने आधार खोइ ? सबल, सक्षम नागरिक उत्पादन गर्ने शिक्षा खोइ ? विदेश नजाऊ भन्ने आँट खोइ ? किन यस्तो । यो देश र देशका जनता राजनीतिक दलका गुुलाम होइनन् । उनीहरूत सार्वभौमसत्तासम्पन्न नेपाली नागरिक हुन् । नेपालीको मानमर्दन किन ? मानिस आजकल दिनप्रतिदिन असहिष्णुु बनिरहेको छ । यो असहिष्णुुपनले कतिबेला के हुुन्छ भन्ने ठेगान कसैसित पनि छैन ।

राजनीति देश जनताका लागि हुुनुुपर्दछ । राष्ट्रको चौतर्फी उन्नतिका लागि हुुनुुुपर्दछ । तीनवटा सरकारको सहकार्यबाट देश चल्नुुपर्दछ । एउटा जागिर खाने मान्छे तलब नभए बाँच्न सक्दैन । नेताहरू ! तलब नभए पनि पहिले कमाएको सम्पत्ति र धन मनग्गे छ हजुुरहरूसित । देशको आर्थिक सङ्कट टार्न एक महिनाको तलब, भत्ता देशको ढुुकुुटीमा दिनुु न हुुन्न र ! देशको विकास नहुनुु, नेपाली विदेशिनुु, अध्ययनका लागि नेपालबाट खर्बौं पैसा बाहिरिनुको कारण नेपाली जनता हुुन् र ! यो अव्यवस्थाको कारण यो देशको राजनीति हो । सच्चिनु, सोच्नुु, मनन गर्नु नभए बढारिनुुहुुनेछ अर्को आमनिर्वाचनमा नेपाली मतदाताले बहिष्कार गर्नेछन् तपाईं, तपाईंका दल तथा आसेपासेलाई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?