एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटीको एजेन्डा तय गर्ने

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा आगामी केन्द्रिय समितिमा प्रस्तुत गरिने बिषय र छलफल गरिने अजेन्डाका बारेमा छलफल हुनेछ । आजको छलफल पछि केन्द्रिय समितिको अजेन्डा तय हुनेछ ।

एमालेको केन्द्रिय समिति बैठक यही बैशाख २८ देखी सुरु हुँदैछ । यसअघि झापामा हुने भनिएको बैठक संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका बिषय छलफल गर्नु पर्ने भएको भन्दै काठमाडौंमा सारिएको थियो ।

गत मंसिर ४ मा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रास रुटको समिक्षालगायतका अजेन्डा आगामी बैठकमा छलफल हुने बुझिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?