बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

रौतहट । रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ।

माधवनारायण नगरपालिका-७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डितको मृत्यु भएको प्रहरीको भनाइ छ।

जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माका अनुसार बिहान ११स्४५ बजेको समयमा खेत जोतिरहेका पण्डितमाथि ११ हजार भोल्टको तार चुडेर खसेर घटनास्थलमै मृत्यु भएको हो।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?