पाकिस्तानको सनसनीपूर्ण जित

Read Time = 4 mins

लण्डन । अन्तिम ओभरमा पाकिस्तानले पाकिस्तानले अफगानिस्तानमाथि सनसनीपूर्ण जित हात पारेको छ । योसँगै पाकिस्तानले तीन खेलको सिरिज एक खेल अगावै जितेको छ । जितको लागि ३०१ रनको बलियो विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेटाएको थियो । पाकिस्तानका ओपनर इमाम उल हकले १०४ बलमा ४ चौकासहित ९१ रन बनाउनुभयो । पाकिस्तानको जितमा नसिम शाह ५ बलमा २ चौकासहित १० रनमा अविजित रहनुभयो ।

पाकिस्तानलाई अन्तिम १२ बलमा जितका लागि २७ रन चाहिँदा हातमा दुई विकेट बाँकी थियो । शादब खानले तीव्र गतिका बलर अब्दुल रहमानलाई अन्तिम दुई बलमा चौका र छक्कासहित कुल १६ रन प्रहार गर्नु भएपछि खेल रोमाञ्चक बनेको थियो । अन्तिम ओभरमा ११ रन चाहिँदा पाँचौं बलमा नसिम शाहले फारुकीलाई थर्डम्यानमा चौका प्रहार गर्दै पाकिस्तानका लागि विजयी रन बटल्नुभयो । शादब खानले ३५ बलमा ३ चौका र १ छक्कासहित ४८ रन बनाउनुभयो ।

तीव्र गतिका बलर फजलहक फारुकीले जमानलाई ३० बलमा बोल्ड आउट गर्नुभयो । उहाँले ३४ बलमा ५ चौका प्रहार गर्नुभयो । दोस्रो विकेटका लागि बाबर आजम र इमाम उल हकले ११८ रनको शतकीय साझेदारी गर्नुभयो । अफगानिस्तानका फजलहक फारुकीले ९.५ ओभरमा ६९ रन खर्चेर ३ विकेट लिनुभयो । मोहम्मद नाबीले १० ओभरमा ४६ रन खर्चेर २ विकेट लिनुभयो । मुजिब उर रहमान र अब्दुल रहमानले समान एक विकेट लिनुभयो ।

त्यसअघि श्रीलंकाको हम्बान्टोतामा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै तीन सय रन बनाएको थियो । अफगानिस्तानका ओपनर रहमान उल्लाह गुरबाजले १५१ बलमा १४ चौका र ३ छक्कासहित १५१ रनको शतकीय इनिङ खेल्नुभयो । पहिलो विकेटका लागि रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानले ३९.५ ओभरमा २२७ रनको दोहोरो शतकीय साझेदारी गर्नुभएको थियो । इब्राहिम जद्रान १०१ बलमा ६ चौका र २ छक्कासहित ८० रनमा आउट हुनुभयो । मोहम्मद नाबी २९, राशिद खान २, शाहिदुल्लाह १ र कप्तान हश्मातुल्लाह शाहिदी १५ बनाउनुभयो ।

पाकिस्तानको जितमा शाहिन शाह अफ्रिदीले १० ओभरमा ५८ रन खर्चेर २ विकेट लिनुभयो । नसिम शाह र उस्मा मिरले एक एक विकेट लिनुभयो । पहिलो खेलमा पाकिस्तान १४२ रनले विजयी भएको थियो । पहिलो खेलमा पाकिस्तानले अफगानिस्तानलाई ५९ रनमा अल आउट गरेको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?