‘ऐँचोपैँचो’ लाई युनिभर्सल सर्टिफिकेट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । यही भदौ १४ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘ऐँचोपैँचो’ को सेन्सर पास भएको छ । कृषा चौलागाईं निर्देशित चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको हो । अब सवै समूहका दर्शकले यो चलचित्र हेर्न सक्नेछन् ।

निर्मात्री कृषा चौलागाईंको डेब्यु निर्देशन रहेको यो चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुसाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायतका कलाकारको अभिनय छ ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा प्रितम र आध्या लामिछाने निर्माता र विशाल चौलागाईं सह-निर्माताका रूपमा हुनुहुन्छ । चलचित्रकोे एक गीतमा एलेक्स विक पारस विशेष भूमिकामा देखिनुभएको छ ।

अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोको कलर, सत्यम राणाको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव)को प्रोडक्सन कन्ट्रोलर, विनयराज पौडेलको मुख्य सहायक निर्देशन र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन चलचित्रमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?