पाकिस्तानद्वारा न्यूजिल्याण्ड पराजित

Read Time = 2 mins

कराँची । पाकिस्तानले पहिलो ओडिआई खेलमा न्यूजिल्याण्डलाई ५ विकेटले पराजित गरेको छ । शुक्रबार भएको खेलमा जितका लागि २८९ रनको बलियो विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४८.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेटायो ।

पाकिस्तानको जितमा ओपनर फखार जमानले ११४ बलमा १३ चौका र १ छक्कासहित सर्वाधिक ११७ रनको योगदान दिनुभयो । अर्का ओपनर इमाम उल हक ६५ बलमा ५ चौका र १ छक्कासहित ६० रनमा आउट हुनुभयो । पहिलो विकेटका लागि ओपनर फखार जमान र इमाम उल हकले २१.२ ओभरमा १२४ रनको शतकीय साझेदारीका साथ राम्रो सुरुवात दिलाउनुभयो ।

कप्तान बाबर आजम ४६ बलमा ३ चौका र १ छक्कासहित ४९ रनमा आउट हुनुभयो । मोहम्मद रिजवान ३४ बलमा ६ चौका र १ छक्कासहित ४२ रनमा अविजित रहनुभयो । न्यूजिल्याण्डका एडम मिल्नेले ९ ओभरमा ६० रन खर्चेर २ विकेट लिनुभयो । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८८ रन बनाएको थियो । न्यूजिल्याण्डका डर्याल मिचेलले ११५ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ११३ रन बनायो ।

ओपनर विल योंग ७८ बलमा ८ चौका र २ छक्कासहित ८६ रनमा आउट हुनुभयो । चाद बोवेस १८, टम लाथम २०, मार्क च्यापम्यान १५, हेनरी निकोलस २० र रचिन रविन्द्र ९ रनमा आउट हुनुभयो । पाकिस्तानका शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफले समान दुई÷दुई विकेट लिनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?