पर्यटन बोर्डलाई पाटा गोल्ड अवार्ड २०२३

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी)ले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अवार्ड २०२३ प्राप्त गरेको छ । पर्यटनमार्फत् महिला सशक्तीकरणमा गरेको पहलकदमी दिगोपन तथा सामाजिक उत्तरदायित्वका लागि प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले बोर्ड र एसटिएलआरपीलाई पाटा गोल्ड अवार्ड २०२३ प्रदान गरेको पाटा हेडक्वाटरले विज्ञप्तिमार्फत् जानकारी गराएको छ । परियोजनाले यसअघि २०२२ मा पनि टुरिजम डेस्टिनेशन रेसिलेन्सी विधाअन्तर्गत पाटा गोल्ड अवार्ड प्राप्त गरेको थियो ।

त्यस्तै, २०२३ मा पनि पाटाबाट स्पेशल पाटा अवार्डसमेत प्राप्त गरेको थियो । सन् १९९५ बाट सुरु भएको अवार्ड यसपटक विभिन्न २३ संघसंस्थालाई विभिन्न विधामा प्रदान गरिएको हो । पुरस्कार अक्टोबर ५ मा नयाँदिल्लीमा आयोजना हुने पाटा टार्वल मार्ट २०२३ का अवसरमा प्रदान गरिने नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले जानकारी दिनुभएको छ । पाटा अवार्ड प्राप्त गर्नुले परियोजनाले गरिरहेको कामको मूल्यांकन भएको र बोर्डलाई थप कार्य गर्ने प्रोत्साहन मिलेको बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा परियोजनाका राष्ट्रिय निर्देशक डा. धनञ्जय रेग्मीले बताउनुभएको छ ।

बोर्ड तथा एसटिएलआरपीले कोरोनापछि महिला तथा अन्य पर्यटन मजदुरको क्षमता अभिवृद्धिसहित पर्यटकीय गन्तव्य निर्माणमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत महिलाका लागि रिभर गाइड, यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि ट्रेकिङ गाइडलगायतका तालिम तथा पर्यटनसँग सम्बन्धित विभिन्न विधाका गाइड म्यानुयल तयार गर्दै आएको छ । परियोजनाले हालसम्म करिब एक हजार महिलालाई विभिन्न प्रकारका तालिम प्रदान गरेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?