विराटनगर । कोशी प्रदेशमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन बहुमत सांसदले हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गर्नुभएको छ ।
एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएलगत्तै नयाँ सरकार गठनको पहल सुरू गरेका हुन् ।
कोशीमा सरकार गठनका लागि ४७ सांसद चाहिन्छ ।
हिक्मतलाई मुख्यमन्त्री बनाउन एमालेका ४० र माओवादीका १३ गरी ५३ सांसदले हस्ताक्षर गरेका छन् ।
कोशीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले औपचारिक आह्वान भने गर्नुभएको छैन ।
तर मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएसँगै एमाले–माओवादीले नयाँ सरकारका लागि दाबी प्रस्तुत गरेका हुन् ।
साथै उनीहरूले विशेष अधिवेशनको माग गर्दै निवेदन समेत दर्ता गराएका छन् ।
एमाले- माओवादीले समर्थन फिर्ता लिएसँगै केदार कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच