ब्राउन सुगरसहित दुईजना पक्राउ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

सिरहा । सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

गत बुधवार अपरान्ह सिरहा नगरपालिका १७ माडर वस पार्कबाट दुईजनालाई नियन्त्रणमा लिइएकालाइ हालै सार्वजनिक गरिएको छ।

सिरहाकै मिर्चैया नगरपालिका-५ का १८ वर्षिय रुपेश पासवान र २४ वर्षिय कृष्णा कुमार यादवलाई प्लास्टिकमा पोका पारेको १ ग्राम ७२ मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो।

गस्तीमा रहेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुवैजना माथि शंका लागि चेकजाँच गर्दा रुपेश पासवानको जिन्स पाईन्टको खल्तीबाट कालो प्लाष्टिकमा पोको पारी ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले जानकारी दिनुभयाे ।

नियन्त्रणमा लिएका दुईजनालाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?