काठमाडौं । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था, बागमती सफाई महाअभियान र फ्रेन्डस क्लब कुपण्डोलको संयुक्त आयोजनामा काठमाडौँ र ललितपुरको सिमानामा रहेको कुपोण्डोल क्षेत्र बागमतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ आयोजना भएको छ ।
राष्ट्रिय गानबाट शुरुभएको कार्यक्रमा नेपालका बिभिन्न नदीबाट ल्याईएको जललाई धार्मिक बिधि अनुसार बागमती नदीमा समाहित गरिएको थियो ।
कार्यक्रममा संघिय सांसद ज्ञानेन्द्र शाही, पर्यटन सचिव, प्रदेश सांसदहरु, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलगायतको सहभागीता रहेको थियो ।
ललितपुरको कुपण्डोलस्थित बागमती पुलबाट सुरु भएको महाजलयात्रा १५ वटा डुङ्गामार्फत जलयात्रा गर्दै चोभार सुन्दरीघाटसम्म पुगेर टुंगिएको थियाे । सामाजिक र धार्मिक इतिहास बोकेको बागमती नदीलाई सफा सुन्दर बनाउन बागमती सफाई महाअभियान २०७० सालदेखी गरिदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच