मुखधुने क्रममा खसेर त्रिशूलीमा दुईजना बेपत्ता

हिमालय टाइम्स
Read Time = 1 min

चितवन भरतपुर महानगरपालिका–२९ गाईघाटस्थित त्रिशूली नदीमा मुखधुने क्रममा खसेर दुई जना बेपत्ता भएका छन् ।

वनभोज खान गएका उनीहरू दिउँसो साढे चार बजेतिर नदीमा बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोकका ३० वर्षीय अर्जुन प्रधान र सोही ठाउँ बस्ने ३० वर्षीय प्रवीण श्रेष्ठ रहेका छन् ।

हाल उनीहरूको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?